इटली र स्पेनबाट पहिलो पटक राहतको खबर
आइतबार, २३ चैत २०७६, ०८ : ४७
संसारभरी कोरोनाभाइरसको सबैभन्दा प्रभावित इटली र स्पेनले संक्रमणसँग लड्न सफलता हात पारिरहेको बताइएको छ । यी दुई देशमा कोरोना संक्रमणबाट सबैभन्दा धेरैको मृत्यु भएको छ ।
स्पेनमा पछिल्लो १० दिनमा सबैभन्दा कम संक्रमित देखिएका छन् । टेलिभिजनमा प्रसारित सन्देशमा प्रधानमन्त्री पेड्रो सान्चेजले स्पेन यो महामारीलार्ई कम गर्ने सुरुवाती चरणमा आइपुगेको बताएका छन् ।
यस्तै, इटलीमा भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्यामा कमी भइरहेको छ । इटलीमा पहिलो पटक इन्सेन्टिव केयरमा बिरामीको संख्या कम भएको छ । यसलाई पनि यो रोगविरुद्धको लडाईंमा सफलताको रुपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी