शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रासनसहित राज्यमन्त्री मजदुरको डेरामा पुगेपछि....

शनिबार, २२ चैत २०७६, २२ : ३३
शनिबार, २२ चैत २०७६

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आर्थिक अभावमा छट्पटिरहेको एउटा परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । मन्त्री मानान्धरले पर्सा जिल्ला घरभइ काठमाडौं चन्द्रागिरि नगरपालिका–१३ मा डेरा गरि बसेका जौआद हुसेनको परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् । आर्थिक अभावमा खाद्यान्न खरिद गर्न नसकेर एक परिवार समस्यामा छ भन्ने स्थानीयवासीको सूचनापछि मन्त्री मानन्धर उनीहरुका लागि खाद्यान्न लिएर पुगेका थिए ।केही दिनअघि काठमाडौंमा कोही समस्यामा परेमा आफुलाई फोन गर्न मन्त्री मानान्धरले आह्वान गरेका थिए ।

हुुसेनको परिवार दुई दिनदेखि खाद्यान्न नभएर भोकै थिए ।  मन्त्री मानन्धरले खाद्यान्न हस्तान्तरण गर्दा हुसेनको परिवार निक्कै भावुक बनेको थियो । काम गरेको ठाउँमा साहुले निकालिदिएपछि खाने खर्च पनि नभएको गुनासो हुसेनले मन्त्रीलाई सुनाएका थिए । मन्त्री रासन लिएर डेरामा आइपुग्दा अल्लाह आएजस्तो भएको हुसेनले भावुक हुँदै सुनाए । राहत लिएर मन्त्री स्वयंको आगमन भएपछि स्थानीयको प्रतिकृया थियो मानन्धर जस्तै मन्त्री हुने हो भने देश विकासको दुरी टाढा छैन। लकडाउनको समयमा अप्ठ्यारोमा परेका परिवारलाई मन्त्री मानन्धरले आफ्नै पहलमा सहयोग गर्दै आइरहेका छन् । यस अघि पनि उनले एक बिरामी परिवारको गाडी पठाएर उद्दार गरेका थिए भने उनको सचिवालय अप्ठ्यारोमा परेको नागिरकलाई सहयोग गर्न तदारुक्ताका साथ लागिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप