बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा लकडाउनमा २ हजार सवारीसाधन नियन्त्रणमा

शनिबार, २२ चैत २०७६, २० : ०६
शनिबार, २२ चैत २०७६

रौतहट । ट्राफिक प्रहरी प्रदेश २ को कार्यालय बारा पथलैयाले लकडाउनको अवधिमा चलाएको झण्डै दुुई हजार सवारी साधन नियन्त्रणमा लिएको छ । विश्वव्यापी महामारी कोभिड १९ बाट जोगिन सरकारले घोषणा गरेको लकडाउन संगै गत ११ गतेदेखि आज बिहान १० बजे सम्म कुल १ हजार ९ सय ९८ सवारीसाधन नियन्त्रणमा लिएको हो ।

सो मध्ये सबभन्दा बढी १ हजार ५सय ८७ मोटरसाईकल रहेको प्रदेश २ का ट्राफिक प्रमुख एसपी श्यामकुमार महतोले जानकारी दिए । सो मध्ये १ हजार ९२ सवारीसाधन कारवाही गरीएको ३सय २६ नियन्त्रणमा र २सय ३१ सवारी साधन नियन्त्रणमा रहेको एसपी महतोले जानकारी दिए ।

लकडाउन सुुरुभए विभिन्न सवारीसाधनलाई गरिएको कारवाहीबाट कुल ६लाख ६४ हजार राजश्व संकलन भएको प्रदेश टफिक प्रहरी कार्यालयले जनाएको छ । गत ११ गते यता पथलैयास्थित हेल्पडेस्क राखेर ९ हजार ५सय ७२ जना सवारी चालकलाई कारोना भाइरस बारे जानकारी दिइएको छ ।

सोही अवधिमा बिभिन्न जिल्ला प्रशासनको सहकार्यमा ३४२ सवारीसाधन बाट आएका १४ हजार ७ सय ६जना यात्रुुलाई उनीहरुको घरसम्म सेल्फ क्वारेन्टाईनमा पुर्याइएको छ । १२ सवारीसाधनमा आएका ५सयख११ यात्रुुलाई सर्लाही र रौतहट स्थित बिभिन्न क्वारेनटाईनमा पुरयाइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्यांकमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप