भारतका दुई अस्पताललाई कोरोना अस्पताल बनाइयो
एजेन्सी । भारतमा दिन प्रतिदिन कोभिड–१९ का संक्रमितहरु थपिएका छन् । नयाँ दिल्लीमा यसको संख्या अन्यत्रको भन्दा धेरै भएको पनि बताइएको छ । जसका कारण भारतको नयाँ दिल्लीस्थित दुईओटा अस्पताल लोकनायक जयप्रकाश र जिबी पन्त अस्पताललाई कोरोना भााइरसको उपचार गर्ने डेडिकेटेड अस्पतालका रुपमा स्थापना गरिएको छ । आगामी सोमबारदेखि ती अस्पतालमा कोरोनाका विरामीको मात्र उपाचार गर्ने गरी यो व्यवस्था गरिएको समाचारमा जनाइएको छ । अरु अस्पतालमा विरामी लैजाँदा उनीहरुबाट अन्य विरामीहरुलाई पनि सर्ने भएकोले कोरोना भाइरसका मात्र विरामीको उपचार गर्नेगरी ती अस्ताल स्थापना गर्न लागिएको बताइएको हो ।
यी दुई अस्पतालमा एकैपटक २ हजार जनाको उपाचार गर्न मिल्नेगरी पूर्वाधार बनाइएको छ । साथै उक्त एलएनजेपी अस्पताललाई कोभिड १९ व्यवस्थापन केन्द्रका रुपमा पनि विकास गरिने सरकारले जनाएको छ । उक्त अस्पतालका निर्देशक डा.जेशी पसाइले मेडिकल सामग्रीहरुको आपूर्ति र अरु व्यवस्थापकीय काममा कुनै पनि ढिलाई नगरी उपचारका कामलाई अघि बढाइने बताए ।
उनले यी दुई अस्पताललाई नै डेडिकेटेड अस्पतालका रुपमा विकास गरिएकोले अब उपचार र कोभिड १९ सम्बन्धी अन्य व्यवस्थापनका लागि पनि सजिलो पर्ने बताए । हाल सो अस्पतालमा २९० जना विरामी रहेकामा कोेरोना भाइरसका मात्र ११० जना विरामी उपचाररत रहेका छन् ।
त्यसैगरी निर्देशक पसाईले अरु पनि करिब २०० विरामीको स्याम्पल जाँचका लागि अन्यत्रै पठाइएकोमा उनीहरुको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए । उनले अब सोमबारदेखि कोभिडका स्वाबहरुको पनि यही अस्पतालमा नै परीक्षण गरिने बताए ।
भारतमा पछिल्लो समयमा कोरोना भाइरसका विरामी बढ्दै गएको बताइएको छ । आजसम्म भारतमा करिब २ हजार ९०० जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा मात्र भारतमा ३५५ जना नयाँ संक्रमित आएका पनि भारत सरकारले जनाएको छ । हाल भारतभर लकडाउनको नीति लिइएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा