मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा कोरोनाबाट सङ्क्रमितको संख्या २७ सय नाघ्यो

शनिबार, २२ चैत २०७६, १९ : ०२
शनिबार, २२ चैत २०७६

एजेन्सी । पाकिस्तानमा शनिवारसम्म कोरोना भाइरसबाट सङ्क्रमितको संख्या २७ सय नाघेको छ । अधिकारीहरुले दिएको पछिल्लो विवरणअनुसार देशभरीमा सङ्क्रमितको संख्या दुई हजार ७०८ पुगेको हो । सङ्क्रमित भएका मध्ये १३ जनाको अवस्था गम्भिर रहेको मन्त्रालयले जनाएको छ ।

केन्द्रिय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणमा मृत्यु हुनेको संख्या ४० पुगेको उल्लेख गरिएको छ । मृतक मध्ये सबैभन्दा धेरै सिन्ध्र प्रान्तका रहेका छन् । सो प्रान्तमा शनिवारसम्म १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ  ।

त्यसैगरी कोरोना भाइरसका कारण पञ्जाव र खैबर पख्तुनख्वामा ११÷११ जनाको मृत्यु भएको छ भने गिल्गित बाल्टिस्तानमा तीन जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बालुचिस्तानमा समेत एक जनाको मृत्यु भएको छ । 

त्यसैगरी सङ्क्रमितको संख्या भने सबैभन्दा धेरै पन्जाव प्रान्तमा देखिएको छ । पन्जावमा कोरोना भाइरसबाट एक हजार ७२ जना सङ्क्रमित भएका छन् ।  मन्त्रालयकाअनुसार सिन्ध्र प्रान्तमा ८३९ जना, खैबर पख्तुनख्वामा ३४३ जना, गिल्गित बाल्टिस्तानमा १९३ जना, बालुचिस्तानमा १७५ जना, राजधानी प्रदेश इस्लामावादमा ६८ जना र काश्मिरमा ११ जना कोरोना भाइरसबाट संक्रमित भएका छन ।
 
सङ्क्रमित भएका मध्ये पछिल्लो २४ घण्टामा २५८ जना निको भएर घर फर्केको स्वास्थ्य मन्त्रालयले जनाएको छ । –एएनआई 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप