बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवल कृषि उपज केन्द्रमा तरकारी तथा फलफूल बेच्न रोक लगाइयो

शनिबार, २२ चैत २०७६, १८ : ४२
शनिबार, २२ चैत २०७६

बुटवल ।  देशभर कोरोना भाइरसको त्रास फैलिरहेका बेला बुटवलको कृषि थोक बजार केन्द्रमा सयौको संख्यामा भीड बढेपछि बुटवल उपमहानगरपालिकाले बिक्री वितरणमा रोक लगाएको छ । 

उक्त केन्द्रको सञ्चालक समितिको वैठकले कारोवार बन्द गर्ने निर्णय गरेको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए । आज बिहान रातोपाटीमा जताजतै कोरोनाको त्रास हुँदा पनि बुटवलको कृषि उपज केन्द्रमा भिडभाड भएको समाचार छापिएको थियो । 
समाचार आएलगत्तै उपमहानगरपालिकाले चिैत २५ गतेसम्मका लागि केन्द्र बन्द गर्न निर्देशन दिएको बताइएको छ । 

 केन्द्रका व्यवसायिक सटरहरुमा स्थानीय उत्पादनका ताजा तरकारी बिक्री वितरण हुँदै आएको थियो । भिड बढेपछि तिनै सटरहरु बन्द गर्ने निर्णय गरिएको र बुटवलका विभिन्न चोकहरुमा भने सामाजिक दुरी कायम राख्दै ताजा तथा हरियो तरकारी बेचबिखन गर्ने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।


 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप