रौतहटमा गाई फर्ममा आगलागी
शनिबार, २२ चैत २०७६, १८ : ३६
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडिबेलास्थित काशी गाई फर्ममा शनिबार बिहान आगलागी हुँदा लाखौंको क्षति भएको छ । विद्युत् सर्ट भएर गाई फर्ममा आगलागी भएको फर्मका सञ्चालक नवराज उप्रेतीले बताए ।
आगलागीबाट एउटा घर पूरै जलेको र घरभित्र रहेको खाद्यान्न समानहरु जलेर ९ लाख भन्दा बढीको क्षति भएको सञ्चालक उप्रेतीले बताए। आगलागीको समय फर्ममा रहेका चारवटै गाईलाई जोगाउन सफल भएको उप्रेतीको भनाई छ । चन्द्रपुर नगरपालिकाको बारुणयन्त्र दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइइएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण