बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्दै एनआईसी बैंक, अनलाइन खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा ५ सय फिर्ता

शनिबार, २२ चैत २०७६, १७ : ११
शनिबार, २२ चैत २०७६

काठमाडौं–एन आई सी एशिया बैंक लिमिटेडले बैंकमा अनलाईन खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा ५००सम्म रकम फिर्ता दिने बताएको छ । एन आई सी एशिया बैंकको आधिकारीक वेवसाइटमा गई ग्राहकहरुले १० मिनेट भित्रै सजिलै निःशुल्क अनलाइन खाता खोल्न सक्नेछन्् ।

खाता खोलिसकेपछि पाउने खाता नम्बरको आधारमा ग्राहकहरुले बैंकमा रहेको रकम स्थानान्तरण तथा अन्तर बैंक रकम स्थानान्तरणलगायतका विभिन्न कारोबार गर्न सक्नेछन् । अनलाइन खोलिएको खातामा बैंकले २१ लाख रुपैयाँसम्मको बिमा सुविधा उपलब्ध गराएको छ । जसले गर्दा ग्राहकहरुलाई वार्षिक १४ हजार फाइदा हुनेछ । 

अनलाईन खाताकै आधारमा घरबाटै मोबाईल बैंकिङ्ग सुचारु गरी खाताको रकम मौज्दात जाँच गर्न समेत सकिने सुविधा रहेको छ । मोबाइल बैंकिङ्ग एक्टिभेट गरी मोबाइल बैंकिङ्ग मार्फत पहिलो कारोबार गर्ने जुनसुकै ग्राहकले ५०० सम्म रकम फिर्ता पाउन सक्नेछन् ।

यसबाहेक देशभरका २५०० भन्दा धेरै पसल, रेष्टुरेन्ट, शपिङ मल, अस्पताल तथा होटलहरुमा मोबाइल बैंकिङ्ग तथा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ३० प्रतिशतसम्मको छुट सुविधा उपलब्ध छ । यसको अतिरिक्त ग्राहकहरुले मोबाइल बैंकिङ्ग तथा कार्डबाट भुक्तानी गर्दा मासिक ४००० सम्मको रकम फिर्ता पाउन सक्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप