मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरको अस्पतालमा मृत्यु भएकी युवतीको कोरोना रिपोर्ट नेगेटिभ

शनिबार, २२ चैत २०७६, १३ : १४
शनिबार, २२ चैत २०७६

चितवन । भरतपुर अस्पतलमा उपचारका क्रममा मृत्यु भएकी एक युवतीको कोरोना भाइरस परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

उपचारको क्रममा शुक्रबार मृत्युपछि बिहान सिन्धुली घर भएकी युवतीको कोरोना भाइरसको आशंका स्वाब परीक्षणका लागि हेटौंडा पठाइएको थियो ।

उनीसँगै अन्य चार जनाको नतिजा पनि नेगेटिभ आएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालले जनाएको छ ।

सबैको नमूना हेटौंडामा रहेको प्रयोगशालामा पठाइएको थियो । बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । 

राति १२ बजे अस्पताल ल्याइएकी राईको भरतपुर अस्पतालको सघन उपचार कक्षमा उपचारकै क्रममा बिहान २ बजे मृत्यु भएको थियो ।

कोरोना भाइरसको त्रास भएकाले ज्वरो आएका बिरामीको उपचारमा विशेष सतर्कता अपनाइएको छ । ज्वरोका कारण मृत्यु भएकाहरुको स्वाब तानेर परीक्षणका लागि पठाउने गरिएको भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप