बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पत्रकारका लागि राहात प्याकेज माग

शनिबार, २२ चैत २०७६, १२ : ५२
शनिबार, २२ चैत २०७६

कैलाली । कोरोना भाइरसको महामारीको प्रवाह नगरी फ्रन्टलाइन रहेर नागरिकलाई सुसूचित गर्ने पत्रकारका लागि विशेष राहातको प्याकेज ल्याउन माग गरिएको छ । 

शनिबार नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले विज्ञप्ति प्रकाशित गरी सो कुराको माग गरेका हो ।

महासचिव योगेश रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी झै  पत्रकारले पनि फ्रन्टलाइनरका रुपमा रहेर काम गरिरहेकाले महामारी रोकथामको टास्कमा संचारमाध्यमको परिचालन गर्न नीति तथा योजना सहितको विशेष प्याकेज ल्याउन सरकारसँग माग गरिएको छ ।

सुदूरपश्चिममा महामारी नियन्त्रण तथा रोकथामको मुल नेतृत्व गरिरहेको प्रदेश सरकारले संकटबाट पार पाउनका लागि आमसञ्चार क्षेत्रलाई अझ सशक्त र योजनावद्ध रुपमा उपयोग गर्न हातेमालो गर्नुपर्ने खाँचो महसुस भएको समेत विज्ञप्तीमा उल्लेख छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप