शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यो शोकको घडीमा चिनियाँ सरकार र जनताप्रति ऐक्यवद्धता प्रकट गर्छुः प्रधानमन्त्री ओली

शनिबार, २२ चैत २०७६, १२ : ४३
शनिबार, २२ चैत २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले चिनियाँ सरकारले घोषणा गरेको राष्ट्रिय शोक दिवसमा त्यहाँको सरकार र जनताप्रति ऐक्यवद्धता प्रकट गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपाल सरकार, नेपाली जनता र आफ्नो तर्फबाट चिनियाँ सरकार र जनताप्रति ऐक्यबद्धता प्रकट गरेका हुन् ।

चीन सरकारले आज कोभिड–१९ (कोरोना) महामारी विरुद्ध लड्ने र जीवन उत्सर्ग गर्नेहरुको स्मृतिमा राष्ट्रिय शोक दिवस मनाउँदैछ ।  राष्ट्रिय शोक दिवसको दिन त्यहाँ आज सरकारी कार्यालयहरुमा आधा झण्डा झुकाइँदैछ ।

केही महिनाअघि चीनको ऊहानबाट सुरु भएको कोरोना महामारी अहिले विश्वभर फैलिएको छ । जसका कारण विश्वभर ६० हजारको हाराहारीमा मानिसहरुको मृत्यु भइसकेको छ भने ११ लाखभन्दा बढी संक्रमित भैसकेको छन् । चीनमै भने उक्त महामारीका कारण ३ हजार ३ सय जनाले ज्यान गुमाएका छन् भने ८१ हजार ६ सय ३९ जना संक्रमित भएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप