बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगाका दुई युवतीको रिपोर्ट नेगेटिभ

शनिबार, २२ चैत २०७६, १० : ५२
शनिबार, २२ चैत २०७६

कोरोनाको आशंकामा आईसोलेशनमा रहेका ओखलढुंगाका दुई युवतीको रिपोर्ट नेगेटिभ आएको छ । 

भारतबाट आएका ती युवतीहरुमा एक हप्तापछि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि गत बुधबारबाट ओखलढुंगा सामुदायिक अस्पतालको आईसोलेशनमा राखिएको थियो । उनीहरुहरुको कोरोनो संक्रमणको आशंकामा बिहीबार स्वाब परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा  उनीहरुको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ कार्यालयका प्रमुख सुमन तिवारीले बताए ।

उनीहरुमध्ये एकजना युवती गत चैत ८ गते र अर्का एकजना ९ गतेमात्र भारतबाट ओखलढुंगा आएको पाइएको छ । हाल अस्पतालको आईसोलेशनमा रहेका १८ र १९ बर्षिय ती दुई युवतीहरुको स्वस्थ्य अवस्था समान्य रहेको छ । उनीहरुलाई आजै ओखलढुंगा क्याम्पसको क्वारेन्टीनमा ल्याउने तयारी गरिएको प्रमुख तिवारीले बताए । जिल्लामा हाल १२ जना युवायुवती क्वारेन्टीनमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप