शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एकैदिन ३२ हजार बढी संक्रमित भेटिँदासमेत ट्रम्पले भने, ‘म मास्क लगाउदिनँ’

शनिबार, २२ चैत २०७६, ०८ : ४१
शनिबार, २२ चैत २०७६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू मास्क नलगाउने बताएका छन् । अमेरिकामा जारी नयाँ स्वास्थ्य निर्देशनमा मानिसहरुलाई मास्क लगाउन भनिएको छ ।

यता ट्रम्पले भने आफूले मास्क नलगाउने बताएका छन् । उनले भने, ‘तपाईंहरुले मलाई मेरो ओभल अफिसमा राष्ट्रपति, प्रधानमन्त्री, तानाशाह, राजा, रानीको स्वागत गर्दा मास्क लगाएको देख्न सक्नुहुन्नँ ।’

उनले शुक्रबार जारी निर्देशन बाध्यकारी नभएको पनि बताएका छन् ।

उनले भने, ‘तपाईंले यस्तो गर्नैपर्छ भन्ने छैन, मलाई लाग्दैन कि म मास्क लगाउनेछु ।’

अमेरिकामा कोभिड–१९ संक्रमितको संख्या २ लाख ८० हजार पार गरिसकेको र मृतकको संख्या पनि सात हजार नाघिसकेको छ । पछिल्लो २४ घण्टामा यहाँ ३२ हजार बढी संक्रमित भेटिएका थिए ।

अहिलेसम्म अमेरिकी स्वास्थ्य अधिकारीले बिरामी र उनीहरुको हेरविचार गर्नेहरुले मात्रै मास्क लगाउनुपर्छ भन्दै आएका थिए ।

तर शुक्रबार जारी नयाँ निर्देशनमा सर्वसाधारणलाई पनि मास्क लगाउन सल्लाह दिइएको छ ।

नयाँ शोध अनुसार अनुहार नढाके। जुन लापरवाही गरिएको छ, त्यसका कारण पनि संक्रमण फैलिरहेको छ ।

अमेरिकी जनतालाई सार्वजनिक स्थानमा आफ्नो अनुहार सफा कपडाले ढाक्न आग्रह गरिएको छ ।

अधिकारीले सर्वसाधारणलाई सर्जिकल मास्क नलगाउन आग्रह गरेका छन् । अमेरिकामा अहिले पनि सर्जिकल मास्कको अभाव छ ।

राष्ट्रपति ट्रम्पले शुक्रबार भने, ‘हालैको शोधका पत्ता लागेअनुसार जुन संक्रमितमा लक्षण देखिँदैन उनीहरुमार्फत् भाइरस तीब्र रुपमा फैलिरहेको छ ।’

ट्रम्पले उनको सरकारको प्रतिक्रियाले ज्यान पनि बचाएको उनले जानकारी दिएका छन् ।

उनले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावलाई पनि अघि नबढाइने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप