शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरससंगको यात्रा

शनिबार, २२ चैत २०७६, ०७ : ३०
शनिबार, २२ चैत २०७६

वर्षे विदामा घर आउने मेरो तयारी र कोरोना भाइरस विरुद्दको विश्वको तयारी एकै समय भएको थियो l म घर फिर्ने कुरामा दोधारमा परिरहेको थिए l  दिन-रात, एक-एक घण्टाको हिसाब गर्ने मेरो परिवारका निम्ति यात्रा जरुरि थियो l  त्यस्तो त यस्तो जटिल समयमा मेरो उपस्थितिले परिवारमा केहि राहत अवश्य हुने थियो नै l लकडाउन केवल कोरोनाको ईपीसेन्टर ऊहानमा थियो l  अहिले जस्तो विश्व लकडाउन भएको अवस्था भने थिएन l विश्व विख्यात एअरलाइन्सहरुले आफ्नो सेवा निर्वादरुपमा दिएका थिए l म ढुक्क हुने यो पनि एउटा आधार थियो l

घर फिर्ने तयारी गरिरहदा मुख्यत: एअरपोर्ट अनि जहा भित्रको अवस्था म सम्झिरहन चाहन्न थिएँ l  किन कि यी दुवै ठाउँहरुमा मानिसहरुलाई निकै हतार हुने गर्दछ l बोर्डिंग पास भएकालाई छुटाएर जहाज उड्दैन भन्ने थाहा हुने सर्वसाधारण मात्र हैनन् विद्वानहरु पनि ह्यांगरमा सुट झुण्डाउदै एअरपोर्ट भित्र दौडिरहेको दृश्य मैले देख्दै आएको थिए l त्यसो त म विश्वको निकै सुविधा सम्पन्न एअरपोर्ट अनि विश्व विख्यात एअर्लाइन्सबाट आफ्नो यात्रा गर्दै थिए l

शुक्रबार विहानको समय मेरो अपार्टमेन्ट बाहिरको दृश्य निकै शान्त थियो l अहिले हाम्रो शहर, बजार  लकडाउन भए जस्तो l म साइत गरेर घरबाट निस्किए l मन भरि सवाल भरिएको मेरो चहेरा अनि उस्तै चहेरा बोकेका मेरो दाजुहरु वास्तवमा यो हाम्रो निम्ति कठिन अवस्था थियो l लगेज अनि दाजुभाइले भरिएको साना दुई गाडीमा हामी एअरपोर्टतर्फ लाग्यौं l पर पुग्दासम्म म मेरो काम गर्ने अफिस अनिसंगै रहेको मेरो अपार्टमेन्टलाई हेरिरहे l म बाटोको कुनै पनि दृश्य छुटाउन चाहन्नथे l कुनै कुनै दृश्य त मोबाइलको क्यामेरामा पनि कैद गर्न भ्याएको थिएँ l म दाजुहरुको अगाडि ठीक छु त्रसित छैन भन्ने देखाउन चाहन्थें l त्यस्तो त हर्षित हुन् पनि सकिरहेको थिएन l  वास्तवमा म मेरो आधा परिवारलाई यहि छोडेर नेपाल जादै थिए l

केहीबेरको यात्रा पश्चात हामी एअरपोर्टको आगनमा पुग्यौं l  एअरपोर्ट बाहिर निकै भिड देखिन्थ्यो l सबै आफ्ना घर फर्किन लागे कि, कसो भयो ? त्यो भीडले धेरै सवाल पैदा गराइदियो l यो भिडमा म कसरी होमिने ? प्रमुख सवाल थियो l मानिसहरु निर्वाधरुपमा हाच्छिउ गरिरहेका थिए l मास्क कतै देखिदैन थियो l भय यहाँसम्म थियो कि सबैका नाक रसाईरहेको जस्तो देख्दै थिएँ l म यी सबै संग दुरी राख्न सक्छु l म निकै संयमित भएँ l

हामी गाडीहरु पार्किंग गरेर एअरपोर्ट भित्र लाग्यौं l म यहाँ मास्क वाला मानिसहरु खोजिरहेको थिए l  तर म आफूले नै मास्क लगाएको थिइनँ l एकपटक आफैलाई कुरीकुरी गरें l  एकातर्फ मास्कधारी मानिसहरु नभेट्दा स्थिति भयावह छैन भनेर मनलाई सान्त्वना पनि मिलिरहेको थियो l म घरबाट साइत गर्दै गर्दा मेरो मानसपटलमा ती अप्रेसन थियटरमा देखिने सेतो, निलो पीपीइ लगाएका डाक्टर जस्तै त्यहाँका कर्मचारीहरुले पनि पीपीई लगाएर  एअरपोर्टको व्यवस्थापन गरिरहेका होलान भन्ने थियो l  जुन गलत सावित भयो l सामान्य अवस्थामा एअरपोर्ट संचालन भइरहँदा हामी जस्तो यात्रुहरुको मनोबल बढेको महसुस भयो l तर मनमा केहि संकोच भने रह्यो l

म वोर्डिंग पास गर्नेतर्फ लागे l यति बेरसम्म हामी कोरोना लाई लगभग बिर्सिसकेका थियौं l म दाजुहरुसंग विदाइ भए l गह भरिएको महसुस भयो l घर फिर्ने क्रममा यस्तो अवस्था पहिलो पल्ट भइरहेको थियो l म मेरो ह्यान्ड ब्यागहरु लिएर हात हल्लाउदै दाइहरुसंग विदाइ भए l अब दाजुहरुको नजर बाट हराए होला भन्ने सोच्दै गर्दा मोबाइलमा घन्टी बज्यो l दाइको कल थियो l हामिले तिमीलाई देखिरहेका छौ भन्नु भयो l मैले पर बाट भिडमा दाइहरुलाई खोजे तर ठम्याउन सकिन l  फेरी पनि त्यहि भिड तर्फ हात हल्लाईदिए l

म संग प्रसस्त समय बाँकी थियो l त्यसैले ड्युटीफ्री तिर टहल्दै थिए l कफी सप सुनसान थियो l यहाँ सम्म कि कफी पिउनुहोस भन्दै एकजना फिलिपिनोले मिन्यु तेर्साउदै अगाडि आइपुगिन l म कफी पिउनुपर्ने अवस्थामा थिए l तर मेरो पाइला कफी सप तर्फ बढेनन् l वास्तवमा यहाँको दृश्य वाहिरको भन्दा भिन्न थियो l चारै तिर सन्नाटा छाए जस्तो महसुस भईरहेको थियो l मलाई केहि चकलेट लिनु थियो l उसको मनपर्ने चकलेटको नाम बिर्सिरहेको थिए l आइएमओको मेसेजमा उसले पठाएको फोटो हेरे रफेल्लो रहेछ l दुई वटा ह्यान्ड ब्यागमा फेरी अर्को ब्याग थपियो l  अब वेटिंग रुम तर्फ जाने समय पनि हुदै थियो र म त्यसतर्फ लागे l  

वेटिंग रुममा कतार एअरवेजबाट नेपाल जाने यात्रुहरु प्राय सबैको मुखमा मास्क थियो l म पुन झस्किए l अहो कोरोना ! त्यहाँ सिटहरु प्याक थिए l  मानिसहरु त्रसित देखिन्थे तर उनीहरु बीच दुरी थिएन l  सिटमा ह्यान्ड ब्यागहरु राखेर अलि पर उभिए l म जस्ता केहि डरपकहरु पनि त्यो भिडबाट भागिरहेका देखिन्थे l यहाँ भागेर के गर्नु नेपालका लोकल बस भन्दा साँघुरो सिट भएको जहाजमा सयौ मानिस कोच्चिएर लगभग ५ घन्टाको यात्रा गर्नु थियो l फेरी पनि म परै देखि त्यो वेटिंग रुमको भिडलाई नियालिरहेको थिए l  मेरो कौतुहलता मेरो सिट पार्टनरकोहोला भन्नेमा थियो l

वेटिंग रुममा होहल्ला सुरु भयो l अन्तिम सुरक्षा जांचको निम्ति गेट खुलेकाले भिड त्यस तर्फ लाग्दै थियो l अब भने म मेरो ब्याग निकालेर आनन्दका साथ केहीबेर सिटमा बसे l भिडमा मास्क लगाउने सचेत व्यक्तिहरु पनि ठेलम्ठेल गर्दै अर्को रुममा पस्न हतार गरिरहेका थिए l जुन आवश्यक थिएन l अन्तिममा म जस्ता केहि व्यक्तिहरु थियौ l  जसले एक अर्कामा दुरी राखेर चेक पास भयौ l अब जहाज पस्ने ढोका निर हामी संग स्पेस लिएर  बस्ने सुविधा थिएन l जहाजको धोका खुल्यो l वास्तवमा आफुले मास्क नलगाएकोमा कुनै संकोच थिएन l किन कि एअरपोर्टका उच्चकोटिका कर्मचारी देखि यहाँ हामीलाई स्वागत गर्ने विमान परिचारिका सम्म कसैले मास्क लगाएका थिएनन l म  भिड संग दुरी राख्दै गर्दा जहाज भित्र पस्ने अन्तिम व्यक्ति भए l भिडमा होमिदै जहाज पसेका मेरा ५ घन्टे मित्रहरुले नेपाल तिर गाडीको सिट ओगटेर खुसी भए जस्तो खुसी देखिरहेका थिए l  म मेरो सिट खोज्दै थिए l मास्कधारीहरु ठुला आखाँले मलाई हेर्दै थिए l मेरो सिट नम्बर मेरो आखाँ अगाडि आयो l तुरुन्तै मेरो आखाँ मेरो सिट पार्टनरमा गयो l उ पनि म जस्तै विना मास्क वाला थियो l उसले मलाई मुस्कानका साथ् मेरो सिट तर्फ इसारा गर्यो l म धन्यवाद दिदै आफ्नो सिटमा बसे l उसलाई देखे पछि मनमा आराम महसुस भयो l उ तन्दुरुस्त पनि देखिन्थ्यो l बस्ने क्रममा वरिपरी एक नजर लगाए l मैले देखेर महसुस गर्दा सम्म वरिपरीको माहोल ठिक थियो l तर अलि पर हाच्छिउको आवाज सुनियो l त्यो आवाजले केहि असहजता महसुस भयो l

हाम्रो जहाज अब उड्न तयार थियो l दाइलाई अनि बुबालाई कल गरे l केहीबेरमा जहाजले आकासतर्फ उचाई लियो l जहाजभित्रको तापक्रम कम थियो अथवा म संगै जहाजमा भएका ५ घण्टे साथिहरुमा कुनै समस्या l हाँच्छिउको आवाज बन्द भएन l मेरो सिट पार्टनर  उठेर आफ्नो ह्यान्ड ब्याग बाट सेनेटाइजर झिक्यो र हातमा लगायो l त्यसपछि भने उसको असहजता छताछुल्ल भयो l हामी एकअर्का विच परिचित थिएनौ l म त्यसबेला आफुसंग  सेनेटाईजर  नभएकोमा दुखित थिए l

म वासरुम जाने चाहना त्यसै मारेर बसेको थियो l जसो तसो भोकका निम्ति खाना खाए l त्यसो त जहाज भित्रको खानाको म पारखी नै हो l यसै बेला  लाग्यो रोग, भोक र शोकका अगाडि मानिस निरही हुन्छ l अब सबैजना सुस्ताउने क्रममा थिए l जहाज भित्रको हावा कसरि शुद्दिकरण  भइरहेको होला ? कतै म कोरोना भाइरस संगै  यात्रा त गरिरहेको छैन ? आदि प्रश्नहरुले पिरोल्न थाल्यो l

हाम्रो जहाज नेपाल प्रवेश गरेको जानकारी स्पिकरमा बज्यो l  जहाज भित्रको हाँच्छिउको आवाज चटक्कै बिर्सेर हाम्रो एअरपोर्टको अस्तव्यस्त आखाँ अगाडि आयो l भर्खर काठमाण्डौमा साँझ पर्दै थियो l मेरो सिटपार्टनरको मनमा नेपाल अनि काठमाण्डौ प्रति कौतुहलता थियो  होला l म उसलाई सहज गरिदिए l उसले झ्याल बाट काठमाण्डौ नियाल्दै गर्दा फिस्स हास्यो l उसको हासोमा रहस्य थिएन l अन्धकार काठमाण्डौले कसको मन फुरुंग हुने l धन्य होस् कुलमानलाई मेरो सिटपार्टनरले अरु मजाक गर्ने मौका पाएन l  

हाम्रो जहाजले जमिन टेक्यो l सफल अवतरणको खुसी मनमा थियो l धमाधम यात्रुहरु निस्किन थाले l बस खचाखच गरेर भरिए l एकजना विदेशीले स्वगतमा गर्ने ठाउँमा राखिएको गौतम बुद्धको सालिकमा झुकेर नमन गर्यो l अन्य कसैलाई त्यता चासो थिएन l हामी भित्र पस्दै गर्दा स्पिकरमा एकसुरले आवाज आइरहेको थियो l कोरोनाका बारेमा त्यहाँ केहि सूचना दिइरहेको जस्तो लाग्यो l त्यो सुचनाको कसलाई प्रवाह l  केहि मास्कधारी कर्मचारीहरु हाम्रो तापक्रम नाप्दै थिए l एकसास नफेर्दै अर्कोको पालो आइसकेको थियो l अन्य एअरलाइन्सको यात्रुहरु पनि त्यहाँ खचाखच भरिएका थिए l

एअरपोर्ट भित्रको अवस्था निकै सामान्य थियो l म डलर साट्न काउन्टरमा गए l त्यहाँ लामबद्ध बसेकाहरुलाई केहि स्पेस राखेर बसौं भनेर सल्लाह गरे l तर जब पासपोर्टमा छाप हान्ने लाइनमा बस्यौ त्यो निकै भयावह स्थिति थियो l संसारभरि बाट आएका मानिसहरु खचाखच थियौ l  म केहि बेर रोकिए l  अन्तिममा खालि भए पछि जान्छु भन्ने मेरो कोसिस सम्भव भएन l किन कि अर्को फ्लाइटका मानिसहरुले लाइन भरिसकेका हुन्थे l जसोतसो म अगाडि धेरै स्पेस राखेर पछाडीको व्यक्तिलाई पनि सम्झाउदै पासपोर्टमा छाप हाने l हाम्रो एअरपोर्टको व्यवस्थापन संग अरु गुनासो थपियो l

त्यतिले कहाँ सुखको सांस फेर्न मिल्ने ठुलो युद्द त लगेज लिनका निम्ति थियो l यो पुरानो कथा, कहिले नसकिने कथा l कोरोनाले सम्म असर गरेन l मानिसहरु केहि पर बसेर आफ्नो लगेज जम्मा गरौ भन्ने सोच थिएन l सबैजना अगाडि बस्यो भने छिटो लगेज निस्किन्छ भन्ने मनस्थितिमा थिए l लगभग भिडसंग भाग्दा भाग्दा १ घण्टा भयो भिड साम्य हुने स्थिति थिएन l म पनि त्यहि भिडमा होमिन बाध्य भए l अन्तिम सुरक्षा जाँच गरेर बाहिर निस्किदा केहि आरामको साँस फेरे l युद्द जितेको भान भयो l तर त्यो खुसी लामोसमय टिकेन l आफन्तको स्वागतका निम्ति गेटमा टनाटन मानिसहरु थिए l फेरी केहि पर ट्याक्सी ड्राइभरहरुको अर्को भिड थियो l उनीहरु ग्राहक तानातान गरिरहेका थिए l पैसा कति शक्तिशाली l

मलाई लिनका निम्ति  दाइ अनि छोरि एअरपोर्ट आउनु भएको थियो l उहाँहरु भिड भन्दा केहि पर हुनुहुन्थ्यो l  सिधै घरमा जानु कतै गल्ति त हुने हैन ? मन भरि सवाल उब्जिएको थियो l फेरी म पनि त नेपाली नै हु l सरासर घरमा गए l

 [email protected]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मोहम्मद वाहिद अलि
मोहम्मद वाहिद अलि
लेखकबाट थप