शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीनविरुद्ध खनिए अष्ट्रेलियाका प्रधानमन्त्री

शनिबार, २२ चैत २०७६, ०० : ०९
शनिबार, २२ चैत २०७६

एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन विश्वरभ तिव्र गतिमा फैलिएको कोरोना महामारीको विषयलाई लिएर चीनविरुद्ध खनिएका छन् । उनले विश्वभर कोरोना भाइरस संक्रमण फैलिनुका पछाडि चीनको मासु बजारको हात रहेको आरोप लगाए । उनले संयुक्त राष्ट्रसंघलाई चिनियाँ तौलविरुद्ध कारवाही गर्न अपिल समेत गर्दै चीनको मासु बजार विश्वका बाँकी मानिस र स्वास्थ्यका लागि गम्भीर खतरा भएको आरोप लगाए ।

गत वर्ष नोभेम्बरमा चीनको ऊहान शहरबाट कोभिड–१९ को महामारी सुरु भएको थियो । यो महामारी त्यहाँको मासु बजारबाट पैदा भएको आशंका गरिन्छ । कोभिड–१९ जनावरहरुको माध्यामबाट मानिसमा आएको आशंका गरिएको छ । तर यसको आधिकारिक पुष्टि अझै भैसकेको छैन ।

प्रधानमन्त्री मरिसनले बिहीबार २ जीबी रेडियोलाई अन्तरवार्ता दिँदै भनेका छन्, ‘कोरोना भाइरसको उत्पति चीनमा भएको हो र सारा विश्वमा फैलियो । यो कुरा हामी सबैलाई थाहा छ । यस विषयमा विश्व स्वास्थ्य संगठनले केही गर्नुपर्छ । किनकि यो विश्वका मानिसहरुको स्वास्थ्यको प्रश्न हो ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप