बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीस्थित ‘तबलीगी जमात’ को कार्यक्रममा सहभागी नेपालीसहित ४१ मुलुकका नागरिक कालोसूचीमा

शुक्रबार, २१ चैत २०७६, २१ : २९
शुक्रबार, २१ चैत २०७६

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित निजामुद्दिनमा मुस्लिम समुदायको धार्मिक संगठन ‘तबलीगी जमात’ को कार्यक्रममा सहभागी भएका ४१ मुलुकका नागरिकलाई भारत सरकारले कालो सूचीमा राखेको छ ।

सो कार्यक्रममा सहभागी भएकामध्ये कयौँलाई कोरोनाभाइरसको संक्रमण भएको पाइएपछि भारत सरकारले कालोसूची जारी गरेको भारतीय अखबार ‘हिन्दूस्तान टाइम्स’ ले जनाएको छ ।

कुल ९ सय ६० विदेशी नागरिकलाई कालोसूचीमा राखिएको जनाइएको छ । कार्यक्रममा सहभागी हुनेमा इन्डोनेसियाका ३ सय ७९ जना, बंगलादेशका एक सय १०, किर्गिजस्तानका ७७, म्यानमारका ६३, थाइल्याण्डका ६५ जना छन् । उनीहरु कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको प्रतिबन्धात्मक आदेश उल्लंघन गरी धार्मिक कार्यक्रममा सहभागी भएका थिए । ‘लकडाउन’ का समयमा समेत मस्जिदभित्र ठूलो संख्यामा सहभागी भएको उजुरीपछि प्रहरीले छानविन अघि बढाएको थियो ।

सोही क्रममा फेला परेका कयौँको स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण ‘पोजेटिभ’ पाइएको थियो ।

सो कार्यक्रममा नेपालबाट पनि १९ जना सहभागी भएको बताइएको छ । भारतका विभिन्न  राज्यबाट ठूलो संख्यामा मुस्लिम समुदाय उक्त कार्यक्रममा सहभागी भएका थिए । देश–विदेशका गरी झण्डै पाँच हजारको संख्यामा मुस्लिम समुदाय कार्यक्रममा सहभागी भएका र कयौँ ‘लकडाउन’ जारी हुनुअघि नै फर्केका जनाइएको छ । यद्यपि करिब एक हजारको हाराहारीमा सहभागीहरु भने मस्जिद क्षेत्रमै रोकिएका थिए ।

दिल्ली सरकारका अनुसार राजधानी नयाँ दिल्लीमा फेला परेका संक्रमितमध्येमा ६२ प्रतिशतभन्दा बढी सोही धार्मिक कार्यक्रममा सहभागी रहेको पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप