शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली सेनाले रद्द गर्‍यो स्वास्थ्य सामग्री खरिद गर्ने टेण्डर प्रक्रिया

शुक्रबार, २१ चैत २०७६, २१ : २०
शुक्रबार, २१ चैत २०७६

काठमाडौँ । कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री तथा उपकरणहरू खरिद गर्ने प्रक्रिया नेपाली सेनाले रद्द गरेको छ । सरकारले आवश्यक पर्ने स्वास्थ्य सामग्री जिटुजीमार्फत ल्याउने भएपछि सेनाले खरिद प्रक्रिया रद्द गरेको हो । 

सरकारबाट प्राप्त १० करोड र सेना आफैंले ७ करोड गरी १७ करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने सेनाको तयारी थियो । सेनाले स्वास्थ्य उपकरण तथा सामग्री ल्याउनका लागि टेण्डर आह्वान गरेको थियो । 

सरकारबाट प्राप्त १० करोडमा आजैदेखि २० बेडको आइसीयूको काम भइरहेको छ भने ७ करोडको टेन्डर प्रक्रिया रद्ध भएको नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । 

प्रवक्ता पाण्डेका अनुसार ७ करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने टेण्डर रद्द भएको हो । उनले भने, ‘सरकारले जिटुजी प्रक्रियामार्फत सामग्री किन्ने निर्णय गरेकाले सेनाले पनि अब जिटुजीमार्फत सामग्री खरिद गर्छ ।’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप