शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिकारी र वन रक्षकबीच गोली हानाहान

शुक्रबार, २१ चैत २०७६, २१ : ०३
शुक्रबार, २१ चैत २०७६

मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच आज दोहोरो गोली हानहान भएको छ । मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समूसँँग वनका कर्मचारीबीच आज अपराह्न  ३ः३० बजे गोली हानाहान भएको डिभिजन वन कार्यालय मोरङका प्रमुख  विशाल घिमिरेले बताए ।

जङ्गलमा चोरी शिकारी भइरहेको सूचनाको आधारमा वन रक्षक र  सशस्त्र प्रहरीबलका प्रहरीबाट खोजी अभियान चलाउँदा चोरी शिकारी गर्ने समूहले प्रहरीतर्फ नौ राउण्ड गोली चलाएका थिए भने जवाफमा वन रक्षक र प्रहरीले सात राउण्ड गोली चलाइएको हो  ।

घटनामा कोही घाइते नभएपनि दुई थान भरुवा बन्दुक, २०० ग्राम बारुद र छर्रा घटनास्थलबाट बरामद गरी तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा केराबारी गाउँपालिका–८ निवासी गन्मरबहादुर जोगी, सोही ठाउँका किसान कार्की र बुद्धशान्ति गाउँपालिका झापाका किरण धिमाल छन् ।

 शिकारी २५ जनाको समूहमा रहेको र फरारको खोजी भइरहेको प्रमुख घिमिरेले जानकारी दिनुभयो ।    पक्राउ परेका शिकारीलाई वन कार्यालय मोरङको सलकपुरमा हिरासतमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप