शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा जग्गा विवादमा दोहरो झडप हुँदा आधा दर्जन घाइते

शुक्रबार, २१ चैत २०७६, १९ : ०१
शुक्रबार, २१ चैत २०७६

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका अन्तर्गत जग्गाको विवादमा दुुई पक्षबीच झडप हुँदा  आधा दर्जन मानिस घाइते भएको छन् । 

नगरपालिका ५ टिकुलियामा शुक्रबार बिहान ११ बजे बाटो निकाल्ने विषयमा स्थानीय रामएकवाल मुखिया र प्रमोद दुुबे पक्षबीच झडप भएको थियो । 

झडपमा परी रामएकवाल मुखिया, सोनालाल मुखिया, प्रदिप मुखिया, कृष्ण मुखिया र अर्को पक्षका प्रमोद दुुबे र मनोज दुुबे घाइते भएका हुन् । 

घाइते मध्ये गम्भीर अवस्थामा रहेका रामएकवाल मुखिया, सोनालाल मुखिया र प्रदिप मुखियालाई गरुडामा सामान्य उपचारपछि थप उपचारका लागी एम्बुलेन्सबाट बिरञ्गज पठाइएको देवाही गोनाही ईलाका प्रहरी प्रमुख ईन्सपेक्टर मेदनी साहले बताए । 

अन्य तीनजना घाइतेको प्रहरीको निगरानीमा गरुडास्थित निजि अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये अधिकांशको टाउकोमा घाउ खत देखिएकाले झडपमा धारिलो हतियार प्रयोग भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको ईन्सपेक्टर मेदनी साहले जानकारी दिए । 

घाइते प्रमोद दुुबे नेपाली सेनाका जवान हुन् भने रामएकवाल सहनी नेकपाका जिल्ला सदस्य हुन् । तर प्रहरीले घटनास्थलबाट कुनै किसिमको हतियार बरामद गरेको छैन ।
घटनामा संलग्न दुुबै पक्षका मानिस घाइते भई उपचाररत रहेकाले कसैलाई पक्राउ नगरिएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यसैबीच देवाही गोनाही नगर उपप्रमुख परनिया देवी पटेलले घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कडा कार्यवाहीको माग गरेकी छिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप