शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बहराइनमा थप ९ जना नेपालीमा कोरोना भाइरस संक्रमणको पुष्टि

शुक्रबार, २१ चैत २०७६, १७ : ३९
शुक्रबार, २१ चैत २०७६

–विनोद श्रेष्ठ 
बहराइन । बहराइनमा थप ९ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । नयाँ ९ जना थपिएसँगै  बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको छ । यसअघि संक्रमण देखिएका अन्य ३ जना नेपालीको अस्पातलमा उपचार भैरहेको छ।

दूतावासका अनुसार केही समय अगाडि सल्मादस्थित एक क्याम्पमा १ जना विदेशी नागरिकमा कोरोनाको संक्रमण देखिएपछि त्यहाँ कार्यरत करिब ४ सय जनालाई क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुमध्ये थप ९ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको हो। 

यसैगरि कुवेतमा थप १ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भेटिएको छ। योसँगै कुवेतमा संक्रमित हुने नेपालीको सख्या २ पुगेको छ। कुवेतको स्वास्थ्य मन्त्रालयकाअनुसार आजसम्म कुवेतमा स्ंक्रमितको संख्या ४१७ पुगेको छ।जसमध्ये ३३५ जनाको उपचार भैरहेको छ भने १६ जना गम्भिर अबस्थामा उपचार गराइ राखेका छन्। ८२ जनाले स्वस्थ्य लाभ गरेका छन्।

त्यसैगरी साउदीमा कोरोनाको सङक्रमण बढेपछि रोकथामका लागि लगाइएको कर्फ्युक‍ो समय लम्ब्याइएको छ। मक्का र मदिना क्षेत्रमा अनिश्चितकालका लागि २४ घण्टे र दम्माम, ताइफ र कतिफमा दिउँसो तीन बजेदेखि नै कर्फ्यु लाग्ने साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ । 

यी क्षेत्रमा साउदी सरकारले स्वास्थ्यसम्बन्धी अपवाद र स्थानीय अधिकारीले अनुमति दिएको अत्यावश्यक सेवाबाहेक कुनै पनि बहानामा बाहिर ननिस्कन आग्रह गरेको छ । साउदी अरबका प्रमुख सहर दमाम, तैफ र कतिफ प्रान्तमा अनिश्चितकालका लागि शुक्रबारबाट स्थानीय समय दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी भएको छ । यस्तै, साउदीको रियाद क्षेत्रमा पनि दिउँसोको तीन बजेदेखि नै कर्फ्यु सुरु भएको हो।\

यसअघि मुस्लिम धर्मालम्बीको प्रमुख तीर्थस्थल मक्का र मदिनामाका साथै राजधानी रियादमा पनि कर्फ्यु जारी भएको थियो ।साउदीमा हुने सबै नेपालीलाई सरकारले लागू गरेका नियम पूर्ण रुपमा पालना गर्न दूतावासले अनुरोध गरेको छ । साउदीमा कोरोना भाइरसको संक्रमण हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएपछि कर्फ्यु जारी भएको हो । बिहीबार मात्रै साउदीमा १६५ जनामा कोरोना पोजिटिभ देखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप