कोरोनाविरुद्धको खोप परीक्षण : १०८ स्वयंसेवक समूहमध्ये १८ जना क्वारेन्टाइनबाट मुक्त
बेइजिङ । कोरोनाभाइरस संक्रमण विश्वमै महामारीका रुपमा फैलिदैँ गएको अवस्थामा चीनबाट खुशीको खबर प्रकाशमा आएको छ ।
चीनले कोरोनाभाइरस विरुद्ध खोप परीक्षणमा सामेल गरेका १०८ स्वयंसेवक समूहमध्ये १८ जना क्वारेन्टाइनबाट मुक्त भएका छन् । चिनियाँ अधिकारीहरुका अनुसार खोप परीक्षणमा सामेल उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर उनीहरुको स्वास्थ्य अवस्थाबारे सुक्ष्म अध्ययन गरिएको थियो ।
उनीहरुको स्वास्थ्य अवस्था तथा रक्त परीक्षण रिपोर्ट सकारात्मक आएको बताइएको छ । चिनियाँ अखबार ‘पिपुल्स डेली’ ले शुक्रबार ट्वीटरमार्फत खोप परीक्षणमा सामेल १८ जनाले १४ दिनको क्वारेन्टाइन अवधि पूरा गरेको र उनीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको जनाएको हो ।
परीक्षणमा सामेल सबै स्वयम्सेवक समूह चीनको कोरोना संक्रमित क्षेत्र हुबेइको ऊहान निवासी हुन् । सोही स्थानबाट कोरोना संक्रमण पहिलो पटक प्रकाशमा आएको थियो ।
मार्च २२ मा ऊहान इभिनिङ न्यूजले जनाएअनुसार कोरोनाविरुद्धको खोप परीक्षणका लागि ४ हजार ६ सय ६७ स्वयंसेवकले नाम दर्ता गराएका थिए । तीमध्ये १ सय ८ जनालाई परीक्षणमा सामेल गराइएको हो ।
परीक्षणमा सामेल गरिएका १ सय ८ जनालाई तीन समूहमा विभाजन गरि क्वारेन्टाइनमा राखिएको थियो । तीन समूहमध्ये एउटा समूहलाई खोपको सामान्य डोज दिइएको छ भने अर्को समूहलाई मध्यम डोज दिइएको छ । यस्तै तेस्रो समूहलाई भने हेभी डोजमा खोप दिएर परीक्षण गरिएको अधिकारीहरुको भनाइ छ ।
परीक्षणमा १८ देखि ६० वर्ष उमेर समूहका मानिसलाई सहभागी गराइएको छ ।
खोप परीक्षणको विस्तृत नतिजा भने आइसकेको छैन ।
स्रोत : पिपल्स डेली
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)