बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतमा दुई हजार ३०१ जना कोरोना भाइरस सङ्क्रमित, ५६ को मृत्यु

शुक्रबार, २१ चैत २०७६, १६ : ०२
शुक्रबार, २१ चैत २०७६

एजेन्सी । भारतमा शुक्रबारसम्म दुई हजार ३०१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।  यस सङ्क्रमणबाट आजसम्म भारतभरि ५६ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालये जानकारी दिएको छ । 

सङ्क्रमितहरु मध्ये १५६ जना निको भएर घर फर्किएका छन् । अरु दुई हजार ८८ अस्पतालमा उपचाररत रहेका छन्  भारतको महाराष्ट्रबाट ३३५ व्यक्ति सङ्क्रमित भएका छन् भने १६ जनाको मृत्यु भएको छ । त्यसैगरी तामिल नाडुका ३०९ व्यक्ति सङ्क्रमित रहेका र छ जनाको मृत्यु भएको छ । 

भारतको केरला राज्यको २८६ व्यक्ति सङ्क्रमति रहेका छन् भने दुई जनाको मृत्यु भएको छ  । राष्ट्रिय राजधानी नयाँ दिल्लीमा २१९ जना सङ्क्रमित भएका छन् भने चारको मृत्यु भएको छ । नयाँ दिल्लीका आठ जना उपचारपछि घर फर्किएका छन् । 

आन्ध्र प्रदेशमा १२३, कर्नाटकमा १२४, राजस्थानमा १३३, तेलाङ्गानामा १०७, चन्डीगढमा १८,  जम्मु र काश्मिरमा ७०, लदाखमा १४ जनामा कोरोना भाइरस सङ्क्रमण पाइएको समाचारमा जनाइएको छ । 
त्यसैगरी भारतको उत्तरपूर्वी राज्य मिजोरम र आसाममा एक, एक जना र मणिपुरमा दुई जनाको कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप