शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साइट ह्याक गर्नेको हातमा वित्तीय संस्थाको गेटवे हुनु जोखिम : डा. कोइराला

असगर अलीलाई बर्खास्त गर्न माग
शुक्रबार, २१ चैत २०७६, १४ : १३
शुक्रबार, २१ चैत २०७६

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सूचना विज्ञलाई तुरुन्त बर्खास्त गनुपर्ने बताएका छन् ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कोइरालाले प्रधानमन्त्रीका सूचना प्रबिधि सल्लाहकार असगर अलीको लगानी रहेको सिरान टेक्नोलोजीलाई कारवाही गर्न समेत माग गरेका छन् ।

सिरान टेक्नोलोजीले काठमाडौँ प्रेसको वेबसाइटमा आनाधिकृत नियन्त्रण लिएर स्वास्थ्य सामग्री अनियमितताबारे लेखिएको समाचारलाई हटाएपछि उनले यस्तो बताएका हुन् ।

कोइरालाले यो घटना प्रेस र अभिव्यक्ति स्वतन्त्रता हननको उच्चतम र निकृष्ट नमूना भएको बताए । ‘संसारमा कहीँ र कतैपनि प्रकाशित समाचारलाई लिएर विमति हुँदैमा वेबडेभलपरले यसरी समाचार हटाउन पाउँदैन,’ उनले भने ।

सिरान टेक्नोलोजीले यस घटनाप्रति माफी मागीसकेको छ । अलि संलग्न रहेको कम्पनीले देशका धेरै निजी कम्पनीहरूको एप्लिकेशन बनाएको सार्वजनिक भएको प्रति पनि कोइरालाले चिन्ता व्यक्त गरेका छन् ।

‘यसरी नै सिरान टेक्लोनोजीले झैँ सूचना प्रविधिको पहुँच दुरूपयोग गरी अली संलग्न कम्पनीले निजी बैङ्कमा रहेको अर्बौं रूपैयाँ तलमाथि गरे त्यसको परिणाम के हुन्छ ?,’ कोइरालाको प्रश्न छ ।

समाचार साइट ह्याक गर्नेको हातमा २२ वटा वाणिज्य बैङ्क र २६ वटा वित्तीय संस्थाको गेटवे हुनुले लाखौँ नेपालीले आफ्नो दुःख परिश्रम गरेर जम्मा गरेको अर्बौं रूपैयाँको जोखिम बढाएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप