शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

'कोरोनाभाइरस संक्रमितको विश्वव्यापी आँकडा बताइएको भन्दा ५ देखि १० गुणा बढी हुनसक्ने'

शुक्रबार, २१ चैत २०७६, १३ : ५०
शुक्रबार, २१ चैत २०७६

संसारभरी कोरोना भाइरसको संक्रमितको संख्या १० लाख नाघिसकेको पछिल्लो आँकडामा जानकारी दिइएको छ । तर अष्ट्रेलियाका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक बेन्डन मर्फी यो पछिल्लो आँकडालाई विश्वास गर्न सक्दैनन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बेन्डनले वास्तविक आँकडा योभन्दा  पाँचदेखि १० गुणा बढी हुनसक्ने अनुमान गरेका छन् ।

उनले भने, ‘मृत्यु दर र जतिको परीक्षण गरिएको छ, त्यसलाई आधार मानेर सबै संक्रमित पत्ता लागेको भन्न मिल्दैन । यहाँ यस्ता देश पनि छन् जसले परीक्षणसमेत गर्न सक्दैनन्,’ उनले भने । ‘अष्ट्रेलियाको कुरा गर्नुपर्दा यहाँ हामीले जसरी परीक्षण गरिरहेका छौं, त्यो संसारकै उत्कृष्ट भएको हामीलाई लाग्छ ।’

शुक्रबार अष्ट्रेलियामा २ सय ४८ नयाँ संक्रमित भेटिए । यससँगै अष्ट्रेलियामा संक्रमितको संख्या ५ हजार २ सय २४ पुगेको छ । यहाँ २३ जनाको मृत्यु भइसकेको छ ।

अष्ट्रेलियाको स्वास्थ्य विभागका अनुसार अप्रिल २ तारिखसम्म यहाँ २ लाख ७० हजारको परीक्षण गरिसकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप