बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतको धार्मिक सभाबाट फर्किएका ८ जनालाई क्वारेन्टाइनमा पठाइयो

शुक्रबार, २१ चैत २०७६, १३ : ३८
शुक्रबार, २१ चैत २०७६

सिरहा । भारतमा आयोजना गरिएको धार्मिक कार्यक्रममा सहभागी भएर घर फर्किएका ८ जनालाई सिरहा प्रहरीले नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको छ । मंगलवार मध्यराती घर फर्किएका उनीहरु स्वास्थ्य जाँच नगराई सिधैँ घर पुगेका थिए । इलाका प्रहरी कार्यलय गोलबजारका प्रमुख जनक पुरीको नेतृत्वमा पुगेको नेपाल तथा सशस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धान प्रहरी र स्वास्थ्यकर्मीको संयुक्त टोलीले उनीहरुलाई घरबाटै नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको हो ।

हालसम्म गोलबजारमा २५ जना क्वारेन्टाइनमा रहेका क्वारेन्टाइन इन्चार्ज निरन्जन सिंह बताए । उनका अनुसार भारतबाट फर्किदा समेत स्वास्थ्य जाँच नगराई घरमै बसिरहेकाहरुको खोजी गर्ने क्रममा उनीहरुलाई गोबजार नगरपालिका १० बलकावा बाट नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्बेदीका अनुसार भारतबाट आएका थप केही व्यक्तिको खोजी कार्य भइरहेको बताएका छन् । भारतको दिल्ली नजामुद्दीस्थित जमातमा सहभागी भएकाहरुमा कोरोनो संक्रमण देखिएसँगै त्यहाँ सहभागी सबैको स्वास्थ्य उच्च जोखिममा रहेकाले जमातबाट फर्किएका व्यक्तिहरुलाई क्वारेन्टाइनमै बस्न उनले आग्रह समेत गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप