शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कैलालीमा लकडाउन थप कडा

शुक्रबार, २१ चैत २०७६, १३ : २५
शुक्रबार, २१ चैत २०७६

–टंक कुँवर
कैलाली । कैलालीमा लकडाउन थप कडा बनाइएको छ । छिमेकी देश भारतमा कोरोना संक्रमण बढेको भन्दै कैलाली जिल्ला प्रशासनले  लकडाउनलाई आजदेखि थप कसिलो बनाएको हो ।  खुल्ला सिमानाकाका कारण लुकीछिपी नेपालीहरु आउने क्रम नरोकिएको र आन्तरिक अवस्थाका कारण पनि आजबाट लकडाउनलाई  थप कसिलो बनाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । आजदेखि सञ्चालनमा रहेका किराना पसल र तरकारी पसल समेत  बन्द गर्ने प्रशासनले जनाएको छ ।

सिमानाकामा दुईटै अधिकारी बसेर नाकालाई कडाई गर्ने र लकडाउनको समयमा भारतबाट आएका नेपालीलाई भारतीय भू–भागमै क्वारेन्टाईन बनाएर व्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले रातोपाटीलाई  जानकारी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप