शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ : महामारी नियन्त्रणका लागि आवश्यक नीति निर्माण गर्ने जिम्मा निर्देशक समितिलाई

शुक्रबार, २१ चैत २०७६, १३ : १७
शुक्रबार, २१ चैत २०७६

जनकपुर । प्रदेश २ सरकारले मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना महामारी नियन्त्रण निर्देशक समितिलाई महामारी नियन्त्रणका लागि आवश्यक नीति निर्माण गर्ने जिम्मा दिएको छ । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका विज्ञहरुसहितको सो समितिलाई नीति निर्माणको जिम्मेवारी दिएको हो ।

निर्देशक समितिले गठन गरेको स्वास्थ्य सल्लाहकार समितिसँगको बैठकमा मुख्यमन्त्री राउतले महामारी नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कार्यहरुको तथ्यगत सूची सहितको नीति निर्माण गर्ने तयारी गरेको छ । मुख्यमन्त्री राउतले सल्लाहकार समितिलाई सम्बन्धित विज्ञहरुसंगको सल्लाहमा नीति बनाएर प्रदेश सरकारलाई यथाशिघ्र उपलब्ध गराउन आग्रह समेत गरेका छन् ।

बैठकमा मुख्यमन्त्रीको नेतृत्वमा रहेको निर्देशक समिति, प्रमुख सचिवको नेतृत्वमा रहेको कार्यकारी समिति र स्वास्थ्य सल्लाहकार समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । सल्लाहकार समितिमा डा.राम केवल साह, डा.सुरेन्द्र यादव, डा.प्रविण मिश्र, डा.काशिकान्त झा, डा. विजयकुमार सिंह, डा.गरिबदास ठाकृुर, डा.जेके लाल रहेका छन् । सल्लाहकार समितिले कार्य प्रारम्भ गरेर सुझावहरु सरकारलाई बुझाउने डा.राम केवल साहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप