सुदुरपश्चिम सरकारले सुरु गर्यो राहात वितरण
–टंक कुवर
कैलाली । सुदुरपश्चिम सरकारले जारी लकडाउनबाट प्रभवितलाई राहात वितरण शुरु गरेको छ । आजदेखि सरकारले त्यस्ता प्रभावित लाई राहात वितरण गर्न शुरु गरेको हो । सरकारले आज सामाजिक साहारा घर वर्दगोरीया नेपाल, मानव सेवा आश्रम दृष्टि फाउन्डेसन धनगढी, महिला तथा बालवालिका सेवक र अनाथालय विद्यालय अत्तरियालाई राहात वितरण गर्न थालिएको सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिए । ५ वटा आश्रमलाई दाल, चिनी, नुन, तेल र चामले वितरण गर्न थालिएको उनले बताए ।
खाध्य संकट भएका जिल्लाहरु बाजुरा र दार्चुलामासमेत खाद्य सामाग्री वितरण गर्ने तयारी मा जुटिरहेको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले रातोपाटीलाई जानकारी दिए । नागरिकलाई सामाजिक प्रत्याभूति दिलाउन सुदुरपश्चिम प्रदेश लागिरहेको बताउँदै मन्त्री सुवेदीले भने, ‘छिट्टै कन्चनपुरका असाहाय २ वटा आश्रम र विकट पहाडी क्षेत्रमा राहात वितरण गर्ने योजना छ ।’ उनले लकडाउनको प्रभाववाट कोही नागरिकले भोकै बस्न नपरोस् भन्ने उदेश्यका साथ प्रदेश सरकार लागिरहेको बताए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम