एडिबीले भन्यो– नेपालको आर्थिक बृद्धिदर खुम्चेर ५.३ प्रतिशतमा झर्छ
शुक्रबार, २१ चैत २०७६, १२ : ५२
काठमाडौं । एशियाली डेभलपमेन्ट बैंकले नेपालको आर्थिक बृद्धिदर ५.३ प्रतिशत हुने अनुमान गरेको छ । सन २०२० मा नेपालको आर्थिक बृद्धिदर ५.३ प्रतिशत हुने उसको प्रक्षेपण छ । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण देशभर भएको लकडाउन र त्यसले उद्योग, सेवा तथा आपूर्ति प्रणालीमा पारेको प्रभावका कारण आर्थिक वृद्धिदर संकुचित हुने एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले बताएका छन् ।
गत आर्थिक वर्षमा ७.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएकोमा यस वर्ष १.८ प्रतिशत विन्दूले आर्थिक वृद्धिदर खुम्चिने एडिबीको प्रक्षेपण छ । कोरोना भाइरस अझै बढ्दै जाने हो भने यो भन्दा पनि कम आर्थिक बृद्धि हुनसक्ने आंकलन एडिबिको छ । कोरोनाकौ कारण रेमिट्यान्समा गिरावट आइ आन्तरिक मागमा पनि गिरावट आउने उसको भनाई छ ।