बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एथलेटिको म्याड्रिडले पनि खेलाडीको ७० प्रतिशत तलब काट्ने

शुक्रबार, २१ चैत २०७६, १२ : २५
शुक्रबार, २१ चैत २०७६

एजेन्सी । कोरोना भाईरसको संक्रमणले क्लबको आर्थिक अवस्था संकटमा परेपछि स्पेनिस क्लब एथलेटिको म्याड्रिडले पनि खेलाडीको तलबमा ७० प्रतिशत कटौती गर्ने भएको छ । क्लबले खेलाडीको तलब कटौती गरी चारसय ३० जना क्लब कर्मचारीको तलब ब्यवस्था गर्न लागेको हो ।

तलब काट्ने क्लबको निर्णयलाई सिनियर टिम, बी टिम र प्रशिक्षक सबैले समर्थन जनाएका छन् । कोरोना भाईरसको संक्रमण स्पेनमा धेरै बढेको छ । कोरोनाका कारण रोकिएको स्पेनिस ला लिगाको सिजन पनि अन्योलमा परेको छ ।

एथलेटिकोले सिजनलाई मध्यनजर गरी खेलाडीको तलब सुविधामा थप हेरफेर गर्न सक्ने समेत जनाएको छ । एथलेटिको अहिले लिगको छैटौं स्थानमा छ । २७ खेल सकेको एथलेटिकोको ४५ अंक छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको ५८ अंक छ । साविक विजेता बार्सिलोनाले पनि यसअघिनै क्बललाई आर्थिक संकट परेको भन्दै खेलाडीको तलबमा ७० प्रतिशत कटौतीको निर्णय गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप