गल्फ खेलाडी प्रतिमा फोर्ब्सको सूचीमा
काठमाडौं । नेपालकी नम्बर एक एमेच्योर महिला गल्फ खेलाडी प्रतिमा शेर्पा फोब्र्सको थर्टी अन्डर थर्टी एसिया क्षेत्रको प्रभावशाली युवा महिलाको सूचीमा परेकी छन् । विश्व चर्चित म्यागजिन फोब्र्सले प्रतिमालाई खेलाडी र मनोरञ्जन विधामामा समावेश गरेको हो । २० वर्षीया प्रतिमा नेपालको महिला गल्फमा सम्भावना बोकेकी खेलाडी हुन् ।
काठमाडौंको एयरपोर्ट नजिक रोयल नेपाल गल्फ क्लबमा हुर्किएकी प्रतिमा सानैदेखि गल्फ खेल्थिन् । बच्चामा गल्फ कोर्समा काम गर्ने बाबुआमाको संगतले गल्फ सिकेकी प्रतिमा विस्तारै नेपालकै नम्बर एक महिला खेलाडी बनेकी हुन् । उनी अहिले अमेरिकाको सान्टा बारबरा सिटीमा गल्फ खेलसँगै स्नातक अध्ययन गरिरहेकी छन् । अमेरिकामा रहेका कारण प्रतिमाले हालै नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश हुन सकिनन् । साग महिला गल्फमा नेपालले टिम स्पर्धामा कांस्य जितेको थियो ।
सामान्य परिवारकी प्रतिमा नेपालको पहिलो महिला प्रोफेसनल गल्फर बन्ने लक्ष्यका साथ तयारी गरिरहेकी छन् । नेपालमा अहिलेसम्म महिला प्रोफेसनल गल्फर छैनन् । फोब्र्सले सुचीमा प्रतिमासँगै नेपालका शुभांगी राणा, जेसलिना राणा, निकिता आचार्य, किरण तिम्सिना र रोहित तिवारीलाई पनि समेटेको छ । यी पाँच जनालाई प्रभावशाली युवा उद्यमी महिलाको सूचीमा राखेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीका मुख्यमन्त्रीले वैशाख २५ गतेभित्र विश्वासको मत लिनुपर्ने
-
सुप्रिम सहकारी ठगीमा मुछिएका ४ जना धरौटी बुझाएर रिहा, दिपेश पुन अझैँ थुनामा
-
कल्याण उपकार सेभिङ्गका ६ जनाविरुद्ध पक्राउ पुर्जी
-
हामी ‘होमवर्क’मै छौँ, अहिल्यै सरकारमा जादैनौँ : रावल
-
प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो– ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’
-
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश