अब वर्षमा एक मात्र फिल्म गर्छु – साम्राज्ञी
काठमाडौं । लकडाउनका कारण अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बिगत १० दिन देखि घरभित्र नै छिन् । यो लकडाउनको समय उनी घरमा फिल्म हेरेर बिताइरहेकी छन् ।
बेलाबेलामा उनी सामाजिक सञ्जालको माध्यमबाट आफ्ना फ्यानसँग पनि जोडिने गरेकी छन् । सो क्रममा उनले फ्यानलाई कोरोनाबाट जोगिन बिषेश सावधानी अपनाउन र सुरक्षित रहन अनुरोध समेत गर्दै आइएकी छन् ।
साम्राज्ञीले इन्स्टाग्राममा बेलाबेलामा आफुले घरमा गर्ने क्रियाकलापको तस्बिर तथा भिडियो समेत शेयर गर्ने गर्दछिन् । सोही क्रममा उनी फ्यानको प्रश्नको जवाफ समे्त दिने गरेकी छन् ।
यस्तैमा उनले हालै एक फ्यानले नयाँ फिल्मको बारेमा सोधेको प्रश्नको जवाफ समेत दिएकी छन् ।
‘अहिले नयाँ फिल्म कुनै साइन गरेको छैन । बर्षमा अब एक मात्र फिल्म गर्छु’ फ्यानको जवाफमा उनले भनेकी छन् ‘राम्रो स्क्रिप्टको अफर आएन भने बरु गर्दिन ।’ आफुले गरेको मिहिनेत अनुसारको अहिलेसम्म परिणाम नमिलेको उनको भनाई रहेको छ ।
‘ड्रिम्स’बाट चलचित्र अभिनयमा देखिएकी साम्राज्ञी पछिल्लो समयकी हिट अभिनेत्री हुन् । तर उनले धेरै सफल फिल्म भने दिन सकेकी छैनन् ।
यो बर्ष उनका ‘मारुनी’ र ‘रातो टिका निधारमा’ चलचित्र प्रदर्शनमा आएको थियो । तर, यी दुबै फिल्मले उनलाई ब्यवसायिक सफलता दिलाउन सकेन । तर बजारमा भने उनको डिमान्ड बढ्दो छ । उनी पछिल्लो समयकी महँगो हिरोइन समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा