मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज : घोडामा पत्रिका र चिट्ठी ओसार्ने ‘पोनी एक्सप्रेस’

शुक्रबार, २१ चैत २०७६, ०८ : ३७
शुक्रबार, २१ चैत २०७६

आज अप्रिल ३ । सन् १८६० मा सेन्ट्रल ओभरल्यान्ड क्यार्लिफोनिया तथा पाइक्स पिक एक्सप्रेस कम्पनीले अमेरिकामा ‘पोनी एक्सप्रेस’ सेवा सुरु गरेको थियो । यसले मिजरी, क्यान्सास, नेब्रास्का, वायोमिङ, कोलोराडो, उटाह, नेभाडा हुँदै क्यार्लिफोनियासम्म चिट्ठीपत्र तथा पत्रिका ओसार्ने गथ्र्यो । नयाँ राज्य क्यार्लिफोनियालाई बाँकी अमेरिकासँग जोड्न यो महत्त्वपूर्ण साबित भएको थियो ।

एटलान्टिकदेखि प्यासिफिक तटसम्म यसले १० दिनमै सन्देश पठाउने गर्थ्यों । राइडरले प्रतिघण्टा १० माइल्सको गतीमा यात्रा गथ्र्यें, त्यसैले यो सेवा छोटो समयमै लोकप्रिय पनि भयो । तर, १९ महिनामै बन्द भयो । २४ अक्टुबर १८६१ मा अमेरिकामा विकास भएको ट्रान्सकन्टिनेन्टल टेलिग्राफले यसलाई विस्थापित ग-यो ।

‘पोनी एक्सप्रेस’ का युवा राइडर लोकप्रिय थिए । त्यसमध्ये विलियन कोडी ‘बफेलो बिल्स’ र रोबर्ट हस्लम ‘पोनी बब’ नामले चिनिन्छन् । सेवा बन्द भएपछि कोडी सेनामा प्रवेश गरे, हस्लम साल्टलेक शहरमा अमेरिकाका सहायक मार्सल बने । हस्लमले एकपटक चोट सहेरै ८ घण्टा २० मिनेटमा १ सय २० माइल्स यात्रा गरेका थिए ।

अन्य घटनाक्रम

– १९८१ मा ओसबोर्न १, पहिलो सफल पोर्टेबल कम्प्युटर सान फ्रान्सिस्कोमा सार्वजनिक ।

–२०१० मा एप्पलद्धारा पहिलो जेनेरेशनको आइप्याड सार्वजनिक ।

– अर्जेन्टिनाको ब्युर्नोस आयर्स र ला प्लाटामा भारी वर्षात्पछि आएको बाढीमा परेर ५० भन्दा बढी व्यक्तिको मृत्यु

– २०१६ पाना पेपर्सद्वारा २ लाख १४ हजार ५ सय ८८ वटा अफसोर कम्पनीका गोप्य कानूनी दस्तावेज सार्वजनिक ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप