शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘कोरोनाविरुद्ध यो साधारण लडाईं होइन, यो वर्ल्ड वार–सी हो’

शुक्रबार, २१ चैत २०७६, ०७ : ४१
शुक्रबार, २१ चैत २०७६

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) का पूर्व प्रमुख टम फ्राइडेनले कोरोनाविरुद्धको लडाईं विश्वयुद्ध भएकोले अब सबै मुलुक एक हुनुपर्ने बताएका छन् ।

बराक ओबामा प्रशासनमा सिडिसी प्रमुख भएका टमले भने, ‘हरेक देश आफ्नो क्षमता, शक्ति र कमजोरीसहित यो युद्धमा डटेको छ । सबै स्वास्थ्य सेवा, समाज र समुदाय, सरकार र सार्वजनिक हितलाई ध्यानमा राखेर यो संकटमाथि नियन्त्रण पाउने कोसिस गरिरहेका छन् ।’

उनले थपे, ‘एउटा भाइरसविरुद्धको यो लडाईं कुनै साधारण युद्ध नभई वर्ल्ड वार–कोरोना भाइरस अर्थात् वर्ल्ड वार–सी हो । त्यसकारण सबै देश एकजुट भएर लडाईंलाई अघि बढाउन अत्यावश्यक छ ।’

संसारभरी कोरोना भाइरस संक्रमितको संख्या अब १० लाख नाघिसकेको छ । करिब ५२ हजार मानिसको मृत्यु भइसकेको छ ।

यीमध्ये संक्रमणको लगभग एक चौथाई अमेरिकामा मात्रै छ जबकी स्पेन र इलामीमा एक चौथाई संक्रमित छन् ।

अमेरिकामा पनि न्यूयोर्क सबैभन्दा प्रभावित इलाका हो जहाँका गर्भनर एन्ड्रू कुमोले संक्रमणको मामला जति तीब्र रुपमा बढिरहेको छ त्यही गतीमा राजयमा मेडिकल उपकरण नभएको बताएका छन् । उनले अब आफूसँग ६ दिनसम्म काम चलाउनका लागि भेन्टिलेटर्स भएको तर स्थिती यस्तै रहे यसको पनि कमी हुनसक्ने जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप