शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

९ तला ढलानपछि धरहरा पुननिर्माण रोकियो

शुक्रबार, २१ चैत २०७६, ०७ : ०५
शुक्रबार, २१ चैत २०७६

काठमाडौं – सुन्धारास्थित पुननिर्माण जारी धराहरा परिसरमा एक साताअघि फरक दृश्य थियो ।  त्यहाँ दुई सय बढी कामदार धमाधम पुननिर्माणमा थिए । 

पुननिर्माणमा आवश्यक सामाग्री बोकेका सवारी चलिरहेका हुन्थे । कहिले राष्ट्रपति त कहिले प्रधानमन्त्रीका सल्लाहकार अनुगमनमा आइरहन्थे । 

अहिले दृश्य फेरिएको छ । ९ तला ढलान सम्पन्नपछि १० औं तलाको ढलान जारी रहँदा विश्वभर महामारीको रुपमा फैलिएको संक्रमणको प्रभाव धराहरा पुननिर्माणमा समेत परेको छ । जसका कारण काम ठप्प छ । 

१२ वैशाख २०७२ को महाभूकम्पबाट क्षतिग्रस्त धरहरा पुननिर्माणक्रममा १० औं तलाको ढलान जारी रहँदै रोकिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप