तातोपानी र रसुवागढी नाका खोल्न अझै समय लाग्ने
काठमाडौं – सरकारले रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरे पनि नाका खोल्न अझै बढी समय लाग्ने देखिएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत बुधवार रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो ।
तर, नेपालका तर्फबाट सञ्चालनमा तयारी पूरा हुन नसक्दा दुवै नाका खुल्न ढिला हुने भएको हो । भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार सामान ओसारपसारमा संलग्न ड्राइभर, कामदार तथा कर्मचारीलाई कोरोना भाइरस संक्रमण जाँच गरेर मात्रै नाका खुलाउने चीनसँग समझदारी बनेको थियो ।
तर, नाकामा स्वास्थ्य परीक्षण गर्न आवश्यक पूर्वाधार खडा हुन सकेको छैन । क्वारेन्टाइन स्थल निर्माण गर्न स्थानीय निकायले ढिलाइ गरेको छ । कृषिजन्य वस्तुको परीक्षण गर्न पूर्वाधार निर्माणको कामसमेत भएको छैन । यो समाचार आजको आर्थिक अभियान दैनिकमा विजय दमासेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ