शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तपाईंको आजको भाग्यफलमा के छ ?

शुक्रबार, २१ चैत २०७६, ०६ : २०
शुक्रबार, २१ चैत २०७६

वि.सं.२०७६ साल चैत्र २१ गते । शुक्रबार । ईश्वी सन् २०२० अप्रिल ०३ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । चैत्र शुक्लपक्ष । तिथि– दशमी,३४ घडी ४३ पला,बेलुकी ०७ बजेर ४७ मिनेट उप्रान्त एकादशी । नक्षत्र– तिष्य,२० घडी ०१ पला,दिउसो ०१ बजेर ५५ मिनेट उप्रान्त अश्लेषा । योग– सुकर्मा,०७ घडी १३ पला,बिहान ०८ बजेर ४८ मिनेट उप्रान्त धृति । करण– तैतिल,बिहान ०८ बजेर ३४ मिनेट उप्रान्त गर,बेलुकी ०७ बजेर ४७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय ०५ बजेर ५४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २१ मिनेट । दिनमान ३१ घडी ०९ पला । श्रीश्वेतमत्स्येन्द्रनाथ रथयात्रा । 


मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पहिलेका कमिकमजोरिहरुलाई सुधार्ने अवसर आउनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेकोछ । पढ्ने लेख्ने कामका खासै मन नजादा अरुभन्दा पछी परिनेछ । व्यापार व्यावसायमा समय दिएपनि खासै उपलव्धी हासील हुने छैन कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा विशेष ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यावसायमा मन्दि आउँनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ । मायाप्रेममा धोका हुनेछ भने परिवारमा झै झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्वन्धी सामान्य समस्याले सताउँनेछ । बिद्यामा अरु भन्दा पछी परिने हुँदा मन खिन्न हुनेछ । समयमा काम नबन्ने हुदा मनमा निरासा पैदा हुनेछ । दाजुभाई तथा छिमेकि सँगको सम्बन्धमा गिरावट आउँनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । साथिभाई सँगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई अरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रगती भएर जानेछ । तरपनि स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समयको सहि सदुपयोग गरी प्रशस्त लाभ लिने समय रहेकोछ । व्यापार व्यावसायमा मन्दि आउँनेछ  । आफन्त तथा घर परिवारका साथ कहि कतै गई स्वादिष्ट भोजन ग्रहण गर्ने बाताबरण बन्नेछ । घरमै बसेर अध्ययन गर्नाले पढाइ लेखाइमा प्रगति गरी नाम कमाउन सकिनेछ । तरपनि स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) न्यून पारिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्वपूर्ण कामहरु थाति रहनेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्या बढ्ने तथा औषधी उपचार खर्च बढेर जानेछ । अन्य काममा सहभागी हुदा पढाइ लेखाइ भने थाती रहनेछ । भिडभाडमा यात्रा नगर्नुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा मन्दि आउँनेछ । तरल पदार्थ र औषधीसँग सम्वन्धीत व्यावसायबाट केही मात्रामा लाभ लिन सकिनेछ । बिद्यामा सोचे अनुरुपनै प्रगति हुनेछ । परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा विश्वासको वातावरण झन कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) ध्यान अन्यत्रै मोडिदा पढाइ लेखाइमा अरु भन्दा पछी परिनेछ । सरकारी तथा प्रशासनिक कामहरु थाति रहनेछन् । साथीभाई तथा परिवारकै मानिसबाट असहयोग हुनेछ भने काम गर्दा ख्याल दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानी वढाउँन सकिनेछ । तरपनि तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा मन्दि आउँनाले दैनिकी प्रभावित हुनेछ । खोज तथा अनुशन्धानमा सकारात्मक नतिजा हात लगाउँन सकिने हुनाले शरिरका थप उर्जा पैदा हुनेछ । प्रणय सम्बन्धमा आत्मियताको विकास हुनेछ भने घर परिवारमा सबैसँग सौहार्दपुर्ण सम्वन्ध स्थापना गर्न सकिनेछ । धर्म कर्ममा समय दिन सकिने हुनाले मन शान्त रहनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा विशेष ध्यान दिनुहोला ।


धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा मन्दि आउँनेछ । बैक तथा वित्तिय क्षेत्रमा गरीएको लगानीबाट न्युन प्रतिफल प्राप्त हुनेछ । कामका सवालमा उठ्ने गोप्य कुराहरु बाहीर आउँन सक्ने हुनाले सजक रहनु पर्नेछ । श्वासप्रश्वास तथा छाती सम्वन्धी समस्याले सताउँने हुदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदी बहिनीसँग मनमुटाव बढ्ने योग रहेकोछ । सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला,दिन मध्ययम रहेकोछ ।
 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसाय मन्दि आउँनाले आर्थिक रुपमा समस्या पैदा हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाइनेछ । घरमै बसेर अध्ययन गर्नाले बिद्यार्थी हरुले चाहेजस्तो नतिजा हात पार्न सक्नेछन् । विलाशी वस्तुको प्रयोग मार्फत अरुको मन तान्न सकिनेछ । प्रिजजन भेट हुनेछ भने आथित्यपुर्ण सम्मान पाइने  योग रहेकोछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा मन्दि आउँने तथा आम्दानी कम हुनेछ । खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न असजिलो हुनेछ । नोकरि तथा पढाइमा हुने प्रतिस्पर्धामा विजय हुन कडा मिहिनेत गर्नुपर्नेछ । पुराना समस्या पुनह बल्झन तथा ऋण लाग्नेछ ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) घरमै बसेर अध्ययनमा समय दिनाले बौद्धिक क्षेत्र फराकिलो बनाउँन सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ । व्यापार व्यावसायमा मन्दि आउँने भएपनि खाद्यन्न सम्वन्धी व्यापारमा बृद्धि हुनेछ । प्रेम प्रशङमा रमाउँने समय रहेकोछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा विशेष ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।
चाबहिल,काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन वनाउँन,चिना हेराउँन तथा वास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप