केन्द्रीय संस्करण

लकडाउन प्रभावः ‘पृथ्वीको सतहमा ध्वनी कम्पन कम भएको महसुस’

person explore access_timeचैत २१, २०७६ chat_bubble_outline0

एजेन्सी । कोरोना महामारीका कारण पृथ्वीका अधिकाँश मुलुकहरुमा भएको लकडाउनका कारण पृथ्वीमा सुनिने आवाजमा भिन्नता देखिएको छ । बेलायतको लन्डन, अमेरिकाको लसएन्जल र फ्रान्सको पेरिसमा सुनिने कम्पनमा कमी आएको भूकम्पीय डिटेक्टरले जानकारी दिएका छन् ।

त्यस्तै,अन्य मुलुकहरुमा पनि सुनिने आवाजमा कमी आएको बताइएको छ । अत्याधिक जनसंख्या घरभित्रै कैद भएका कारण पृथ्वीमा सुनिने आवाजमा कमी आएको हो । भूकम्पीय रिक्टर स्केल मापनका लागि मात्र होइन मानवीय क्रियाकलापको ध्वनी मापन गर्न पनि सिस्मोमिटरको प्रयोग गरिन्छ ।

विज्ञहरुका अनुसार विश्वभर लकडाउन सुरु भएयता पृथ्वीको ध्वनी कम्पनमा कमी आएको हो । पृथ्वीका विभिन्न भागमा जडान गरिएका यी मापक यन्त्रहरुले ध्वनीको मापन गरिरहेका छन् । वैज्ञानिहरुले भनेका छन, ‘कोरोनाभाइरसका कारण भएको लकडाउनका कारण पृथ्वीको सतहमा ध्वनी कम्पन कम भएको महसुस भएको छ । यो हुनुको कारण मानव गतिविधिमा आएको कमीका कारण हो ।’

वैज्ञानिकहरुले लण्डन, पेरिस, ब्रसेल्स, अकल्यान्ड र लसएन्जल्समा जडान गरिएका भूकम्पीय डिटेक्टरहरुबाट कम्पन घटेको रिपार्ट प्राप्त भएको जानकारी दिएका छन् । बेलायतको जियोलोजिकल सर्वेले  पृथ्वीमा मानव गतिविधि घटेका कारण आवाजको मात्रा घटेको दाबी गरेको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.