शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो, संक्रमित हुनेको संख्या १० लाख हाराहारी (अपडेट)

बिहीबार, २० चैत २०७६, २३ : ३९
बिहीबार, २० चैत २०७६

एजेन्सी । विश्वभर कोरोना महामारीबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । बिहीबार साँझसम्मको तथ्याँकअनुसार कोरोना संक्रमणबाट मर्नेको संख्या ५१ ह्जार ४ सय ५१ पुगेको छ । त्यस्तै, विश्वभर सो रोगबाट संक्रमित हुनेहरुको संख्या १० लाखको हाराहारीमा पुगेको छ । अहिलेसम्म संक्रमित हुनेहरुको संख्या ९ लाख ९९ हजार ६ सय ७१ पुगेको छ । बिहीबार इटालीमा ७ सय ६०, स्पेनमा ७ सय ९, अमेरिकामा ६ सय ७८, बेलायतमा ५ सय ६९, फ्रान्समा ४ सय ७१, जर्मनीमा १ सय २४ जनाको मृत्यु भएको छ ।

त्यस्तै, युरोपेली मुलुक बेल्जियमा १ सय ८३, नेदरल्यान्डमा १ सय ६६ जनाको मृत्यु भएको छ । यता, इरानमा १स सय २४ जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमित हुनेहरुको संख्या २ लाख ३६ हजार २ सय २१ पुगेको छ भने इटाली र फ्रान्समा क्रमसः १ लाख १५ हजार २ सय ४२ र १ लाख १० हजार २ सय ३८ जना संक्रमित भएका छन् । बिहीबार एकैदिनमा विश्वभर सो रोगको संक्रमणबाट ४ हजार २ सय ५९ जनाको मृत्यु भएको छ भने एकैदिन ६४ हजार ४ सय ७४ जना नयाँ संक्रमित फेला परेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप