लकडाउन उल्लङ्घन गरेर हिँड्ने ११ जना इन्डोनेसियाली नागरिक फिर्ता
बिहीबार, २० चैत २०७६, २३ : १६
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले धार्मिकसभामा भाग लिन आएका १३ जना इन्डोनेसियाली नागरिकलाई फिर्ता पठाइदिएको छ । बिहीबार सप्तरी जिल्लामा हुने धार्मिकसभामा भाग लिन आएका उनीहरुलाई सकुशल फिर्ता पठाइएको नगरपालिकाले जानकारी दिएको छ ।
मुलुक लकडाउनमा भएको बेला उनीहरु काठमाडौंको बालजु हुँदै महालक्ष्मी नगर क्षेत्रमा ल्याइएको र ल्याउने व्यक्ति वा निकायहरुको छानविन गरी कारबाही गर्न नगरपालिकाले सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ ।