शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल उद्योग परिसंघले सातै प्रदेशका अति विपन्न वर्गलाई राहत सामग्री वितरण गर्दै

बिहीबार, २० चैत २०७६, १९ : ३१
बिहीबार, २० चैत २०७६

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)ले सात वटै प्रदेशमा राहत सामाग्री वितरणलाई तिब्रता दिएको छ । परिसंघले केन्द्रीय, प्रादेशिक र स्थानीय तीनै तहका सरकारसँग समन्वयन गरेर दैनिक उपभोग्य वस्तु खाद्यान्न लगायतका सामग्री वितरण गरेको हो । 

कोरोनाभाईरसका कारण उत्पन्न विषम परिस्थितिबाट प्रभावित दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामाग्री नपाएकाहरुका लागि परिसंघले दाल, चामल, नुन, तेल, लगायत अन्य अत्यावश्यकी सामाग्री वितरण गरेको हो ।

यसै बीच बिहिबार परिसंघले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई भेटेर राहत सामाग्री हस्तान्तरण गरेको छ । सुदूरपश्चिममा उद्योग परिसंघका संयोजक हेम विक्रम थापाले मुख्यमन्त्री भट्टर्रा र प्रदेश १ मा उद्योग परिसंघका प्रदीप शारदाले मुख्यमन्त्री राईलाई राहत सामग्री हस्तान्तरण गरेका हुन् । 

दुवै स्थानमा दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय दैनिक उपभोग्य सामाग्रीहरु रहेका एक एक हजार थान प्यकेटहरु हस्तान्तरण गरिएको परिसंघले बताएको छ । सोही कार्यक्रम अन्तरगत परिसंघले आजै प्रदेश नं २ र बागमती प्रदेशका विभिन्न स्थान काठमाण्डौ, भक्तपुर र ललितपुर महानगरपालिकामा समेत राहत सामग्री वितरण गरेको परिसंघले जनाएको छ ।

प्रभावित क्षेत्रमा रातह वितरण कार्यक्रमलाई तिब्रता दिएको परिसंघले अन्य प्रदेशहरुमा समेत यस्ता राहत सामग्रीहरु उपलब्ध गराइने बताएको छ ।

कोरोना रोगको महामारीको विषम परिस्थितिमा देशमा कुनैपनि मानविय संकट आउन नदिने प्रतिवद्ध जनाउँदै परिसंघले राहत सामग्री वितरण गर्दै जाने र यस्तो विषम परिस्थितीमा आफ्ना सदस्य प्रतिष्ठानहरुलाई दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यकीय सामानहरुको उत्पादनलाई र आपुर्ति व्यवस्थालाई समेत दुरुस्त राख्न आग्रह गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप