शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना त्रासः भारतबाट विवाह गर्न गाउँ फर्किएको जोडी क्वारेन्टाइनमा

बिहीबार, २० चैत २०७६, १९ : २४
बिहीबार, २० चैत २०७६

जनकपुर । केही समयअघि फरार भएका एक जोडी कोरोना भाइरसको त्रासका कारण पुनः गाउँ फर्किएको हल्ला चलेपछि विवाह नै भाँडिएको छ । धनुषाको शहिदनगर नगरपालिकामा उक्त घटना भएको हो । लकडाउन अवधिमा भारतबाट फर्किएको दुई दिन नवित्दै ती किशोर र किशोरीको आज विवाह हुने मिति तय भएको थियो । ती दुवैजना भारतबाट आएको भन्दै स्थानीयवासीहरुले उनीहरुलाई तत्काल क्वारेन्टाइनमा पठाएपछि विवाह भाँडिएको हो ।

गाउँकै विद्यालयमा कक्षा ८ मा अध्ययरत १५ वर्षीय किशोर र गाउँकै करिब १४ वर्षीया किशोरी एक महिना पहिले भागेर दिल्लीमा गएका थिए ।  भारतमा सरकारले लकडाउन गरेपछि उक्त जोडी गाउँ फर्किएका हुन् । नेपाल–भारत सिमा क्षेत्रमा समेत पूर्णरुपेण शिलबन्दी गरिएको बेलामा एक्कासि आइपुगेको उक्त जोडीलाई देखेर गाउँमा हल्ला मच्चिएको छ ।

होहल्ला पश्चात समाजका केहि पञ्चहरुले केटी पक्षले २ लाख ५० हजार रुपैयाँ दिएमा दुवै जनाको विवाह गराई दिने सम्झौँता गरेको थियो । तर स्थानीयवासीले कोरोना भाइरसको त्रासका बीच यस्तो गर्न नहुने भन्दै शहिदनगर नगरपालिकास्थित क्वारेन्टाइनमा राखिएको नगरपालिकाका स्वास्थ्य ईकाइ सहसंयोजक सिकिलकुमार यादवले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइन स्थलमा अहिलेसम्म एक किशोरी सहित १५ जनालाई चेकजाँचको लागि राखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप