केन्द्रीय संस्करण

गृहमन्त्रीको निर्देशनले नेपालीहरु अलपत्र परेपछि छायाँ गृहमन्त्रीद्वारा ध्यानाकर्षण

person explore access_timeचैत २०, २०७६ chat_bubble_outline0

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसद्वारा गठित छाया सरकारका गृहमन्त्री दिलेन्द्र बडूले भारत पिथौरागढको धार्चुलामा रहेको नेपालीलाई नेपाल प्रवेशको व्यवस्था मिलाउन सरकारको ध्यानाकषर्ण गराएका छन् । 

सीमा नाकामा अलपत्र नागरिकको सम्बन्धमा विहीबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभाका सांसद समेत रहेको बडूले स्थानीय तहसँग समन्वय गरी उनीहरुलाई नेपाल ल्याउन सरकारलाई सुझाव दिए ।

धार्चुलामा रहेका नेपालीलाई तत्काल नेपाल प्रवेश गर्न दिनुपर्नेमा बडूको जोड छ । साथै यत्रो दिनसम्म आफ्ना नागरिकलाई अलपत्र पारिएको भन्दै वर्तमान सरकार आफ्ना नागरिकका हक, अधिकारप्रति  सचेत नरहेको बडूको आरोप छ  ।


कोरोना भाईरस संक्रमण फैलिन नदिन भारतले गरेको लकडाउनका कारण भारतका विभिन्न सिमानाकाहरुमा अलपत्र परेका नेपाली मजदुरहरुलाई सरकारले उद्दार गर्नुको सट्टा कानमा तेल हालेर बसेको उनले बताए ।

उनीहरुको स्पष्ट अभिलेख राखी सुरक्षित रुपले सम्बन्धित ठाउँमा पुर्याई क्वारेन्टाइनमा राख्ने व्यवस्था वर्तमान सरकारले तत्काल गर्नु पर्नेमा उनले जोड बताए ।

सरकारको निर्णयले नागरिकलाई दिनानुदिन महाकाली तरेर नेपाल प्रवेश गर्न बाध्य बनाएको भन्दै उनले स्पष्ट अभिलेख राखी पुल मार्फत उनीहरुलाई तत्काल क्वारेन्टाइनमा राख्न नेपाल ल्याउनु पर्ने बताए ।

सरकारले मानवताको न्युनतम संबेदनशिलतालाई समेत महसुस गर्न नसकेको  उनको भनाइ छ । उनले दार्चुला प्रशासनसँग सीमा नाकामा अलपत्र परेका नागरिकलाई सम्बन्धित गाउँपालिका र नगरपालिकामा अनिवार्य क्वारेन्टाइनमा पठाउने व्यवस्था गर्न माग गरे ।

नेता बडूले दार्चुलाका लागि ‘पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तर्गत आलु आर्थिक वर्षमा विनियोजित रकम छ करोड रुपैयाँ अहिलेको परिस्थितिमा नागरिकको जीवन रक्षाको प्रयोजनका लागि खर्च गर्दा सदूपयोग हुने भन्दै आजैका मितिदेखि खर्च हुन बाँकी रकम कोरोना संक्रमण रोकथामका लागि प्रयोग गर्न पनि प्रस्ताव गरेका छन् ।


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.