जनकपुरमा पिसिआर जडान, शुक्रबारदेखि कोरोना परीक्षण सुरु हुने
जनकपुर । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा कोरोना भाइरसको जाँच गर्ने पोर्टेबल आरटी (पिसिआर) मेसिन जडान सुरु भएको छ । योसँगै तत्काल कोरोना परीक्षण समेत सुरु हुँदैछ । संघीय सरकारले मेसिन पठाएको तेस्रो दिन आज जडान कार्य सुरु भएको हो । अस्पतालले बुधबार अपरान्ह ओपीडी भवनको माथिल्लो तल्लामा कोठा व्यवस्थापन गरेपछि प्राविधिकहरुले मेसिन जडान गरिरहेका छन् । प्राविधिक टोलीका सदस्य सर्वेन्द्र मधुपले मेसिन राख्ने ठाउँ नै ढिलो गरी व्यवस्थापन भएकोले काम ढिलो भएको बताए । आज साँझसम्म मेसिन जडान भइसक्ने र तत्काल नै कोरोना भाइरस संक्रमणको चेकजाँच कार्य सुरु हुने बताइएको छ ।
संघीय सरकारले चीनबाट ल्याइएका ५ वटा पिसिआर मेसिनमध्ये ४ वटा प्रदेशलाई १÷१ वटा वितरण गरेको छ । कोरोना परीक्षणका लागि आवश्यक पर्ने सो मेसिन प्रदेश नम्बर २ को जनकपुरधाम, प्रदेश नम्बर ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सरकारले हस्तान्तरण गरिसकेको छ । प्रदेश नम्बर १ मा यसअघि नै मेसिन जडान भइसकेको छ भने बागमती प्रदेशको शुक्रराज ट्रपिकल हस्पिटमा चालू अवस्थामा रहेको छ ।
यसअघि कोरोना परीक्षण गर्ने पिसिआर मेसिन नहुँदा प्रदेश नम्बर २ बाट नमुना संकलन गरी काठमाडौंस्थित शुक्रराज ट्रपिकल अस्पताल टेकुमा पठाउने गरिएको थियो । प्रादेशिक अस्पताल जनकपुरलाई पठाइएको पीसीआर मेसिनले प्रत्येक दिन १० जनाको चेकजाँच गरि ३ घण्टामै रिपोर्ट आउने जनाइएको छ । प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुप्रिटेन्डेन्ट नागेन्द्र यादवले भने शुक्रबारदेखि पिसिआर मेसिनले परीक्षण गरि चेकजाँच सुरु हुने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
औलोका ८० प्रतिशत बिरामी भारतबाट भित्रिन्छन्
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन