भाईको लट्ठी प्रहारबाट दाजुको मृत्यु
घोराही । दाङको राजपुरमा घरायसी विवादका क्रममा भाइको कुटपिटबाट दाजुको मृत्यु भएको छ । जिल्लाको राजपुर गाउँपालिका वडा नं १ रसरीखोला निवासी २७ वर्षीय भाइ जसराम कामीले लट्ठी प्रहार गर्दा गम्भीर घाइते भएका ३२ वर्षीय प्रेम कामीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बुधबार राति दाजुभाई बसेर सँगै मदिरा सवेन गरेपछि भाइ जयरामले दाजु प्रेममाथि लौरो प्रहार गरेर आक्रमण गरेका थिए । घरायसी सामान्य विवादका क्रममा भाइले दाजुमाथि लौरोले आक्रमण गरि गम्भीर घाइते बनाएपछि उनलाई उपचारका लागि लमही अस्पतालमा ल्याइएको थियो ।
उनको उपचारको क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिएका छन् । दाजुमाथि लट्ठी प्रहार गर्ने जसराम अहिले फरार रहेको र उनको खोजी कार्य तीव्र पारिएको डिएसपी खड्काले बताए । घाइतेको श्वासनली र पछाडी गर्धनमा गम्भीर चोट लागेको छ । शवलाई लमही अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
पटनाको होटलमा आगलागी, ६ जनाको मृत्यु
-
तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार
-
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने