शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्वास्थ्य सामग्री खरिद अनियमितता : सामाजिक सञ्जालमा नेताहरुको आक्रोश

बिहीबार, २० चैत २०७६, १७ : २३
बिहीबार, २० चैत २०७६

काठमाडौं । कोरोना भाइरसको संक्रमण तथा रोकथामका लागि चीनबाट मेडिकल सामग्री खरिद गर्दा अनियमितता भएको कुरा बाहिरिएपछि सामाजिक सञ्जालमा सरकरको चर्को आलोचना भइरहेको छ ।

प्रतिपक्षीका साथै सत्ता पक्षकै नेताहरु पनि मेडिकल सामग्री खरिदमा संलग्नमाथि खनिएका छन् । मुलुकमा लकडाउन भएकाले नेताहरुले सामाजिक सञ्जालबाटै  सरकारमाथि प्रश्नको ओइरो लगाएको देखिन्छ ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका संघीय समाजवादी पार्टी, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले महामारीको बेलामा पनि स्वास्थ्य सामग्री खरिदमा करोडौंको भ्रष्टाचार गर्ने कमरेडहरूको लाज खोइ भन्दै प्रश्न गरेका छन् ।

'आफ्नो मातृभूमि फर्कन ज्यान जोखिममा राखेर नदीमा हाम्फाल्ने नागरिक नांगो कि आफ्ना नागरिकको रक्षा गर्न नसक्ने र उल्टै ती नागरिकलाई अपमान गर्दै बजार घुमाउने सरकार नांगो?, भट्टराईको ट्वीटर ह्यान्डलम लेखिएको छ, यस्तो हर्कत गर्ने र महामारीको वेलामा पनि स्वास्थ्य सामाग्री खरिदमा करोडौंको भ्रष्टाचार गर्ने कमरेडहरूको लाज खोइ?,'

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाको पनि पश्न छ, 'महासंकटको अवस्थामा पनि यस्तो घिनलाग्दो कृत्य ?,' ‘महासंकटको अवस्थामा पनि यस्तो घिनलाग्दो कृत्य ?,’ ट्वीट गर्दै थापाले भने, ‘स्वास्थ्य सामाग्री खरिद अनियमितताका बारेमा वास्तविक दोषी दण्डित नहुन्जेल प्रश्न उठाउन नछाछौं।‘

उनले अनियमितताका बारेमा दिन ढल्यो कुरा विर्सियो गर्न नहुने पनि बताए । ‘दिन ढल्यो, कुरा विर्सियो हुन हामी कदापि दिने छैनौं । सरकार, चैत २५ पछिको हाम्रो रणनीति र योजना के छ?,’ थापाको प्रश्न छ। 

यस्तै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसै विषयमा अख्तियारलाई स्मृति पत्र भन्दै पार्टीको धारणा बाहिर ल्याएका छन् । 

''अख्तियारलाई स्मृति पत्र' संकटमा सरकारलाई साथ दिनु दल र नागरिकको दायित्व । साथ दिरहँदा अनियमितता नोटिसमा लिन अख्तियारको दायित्व ध्यानाकर्षण ? शर्माले भनेका छन्, अहोरात्र जारी मेहनतलाई प्रोत्साहित गरौं,तर तर संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्न ?,'

यस्तै साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले यस्ता घटनालाई अनैतिक, असंवेदनशील, भ्रष्ट र क्रुरको संज्ञा दिए । 'कहिले काहिँ मलाई भावनामा बहेर राजनीति हुँदैन भन्ने गरिन्छ। भावना भनेको वर्षाको भेल होइन, त्यो मानवीयता हो,' मिश्रले आफ्नो ट्वीटर ह्यान्डलमा लेखेका छन्, 'जब राजनीतिले भावना गुमाउँछ, त्यो अनैतिक, असंवेदनशील, भ्रष्ट र क्रुर हुन्छ। नेपाली समाज दशकौँदेखि भावनारहित राजनीतिको शिकार भएको छ। पछिल्ला घट्नाहरू त्यसैको निरन्तरता हुन्,'

नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले स्वास्थ्य सामान खरिदमा देखिएको अनियमिततालाई 'कोरोना भ्रष्टाचार काण्ड'को उपमा दिए । ''कोरोना भ्रष्टाचार काण्ड' सेटिङमा ठेक्का लिने आम्नी कालोसुचीमा परेछ। अनि खरिद प्रक्रिया २ महिनासम्म मन्त्रालयको दराजमा थन्क्याएर सेटिङमा ठेक्का दिनेहरु कालोसुचीमा पर्दैनन्?,' गुरुङको प्रश्न छ।

यस्तै काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले मानव सभ्यता नै आफ्नो अस्तित्वका निम्ति लडिरहेका बेला सरकारले भ्रष्टाचार गर्नेको नेतृत्व गरेको बताए।

उनले भने, 'हामी यतिबेला मानव सभ्यता नै आफ्नो अस्तित्वका निम्ति लडिरहेको संकटग्रस्त अवस्थामा बाँचिरहेका छौं । तर,स्वास्थ्य उपकरण खरिद सम्झौतामा करोडौं भ्रष्टाचार गर्ने अमानवीय, निकृष्ट र आपराधिक कार्यको नेतृत्व स्वयं सरकारले नै गरिरहेको छ ।,'

सबैतिरबाट विरोध भएपछि र पोल खुलेपछि लाजगालका कारण निर्णय फिर्ता गरिएको उनको भनाइ छ । 'यहि विषयमा लेखिएको एक अनलाइनको समाचार प्रधानमन्त्रीकै सचिवालयबाट अनाधिकृत रुपले हटाइएको खबर बाहिरिएको छ,' पौडेलले भने, 'हिजो सम्म प्रम र स्वास्थ्यमन्त्रि यसका बारेमा जवाफ दिन आबश्यक ठान्दैन थे। संकटको यो घडीमा सत्ताबाट गरिएका यी हर्कत असहयै र पिडादायी छन् । यस्तो बिपतमा पनि ब्रमहलुट गर्नेहरूबाट जनताको स्वास्थ्य सुरक्षा हुन्छ भनेर कसरी मान्न सकिन्छ? यस्तो अबस्थामा यसको कडा प्रतिवाद जरुरी छ।,

यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य बिष्णु रिजाल कोरोना रोकथाम तथा नियन्त्रण सम्वन्धी उच्च स्तरीय समितिका संयोजक ईश्वर पोखरेलले जवाफप्रति विमति राखे ।

'जिम्मेवार ठाउँमा बसेकाहरूले मिडियासँग बोल्दा ओठे जबाफ होइन, तर्कसंगत कुरा गर्नुपर्छ । किनकि, यो नागरिकसँगको संवाद हो,' उनले भने, 'सबै जिम्मा कर्मचारीले लिइदिने भए विभिन्न फूर्का जोडेका नेताहरु सरकारमा किन चाहिन्थे र ? निर्णय गरौं, त्यसको जिम्मा लिऔं, दोष पन्छाएर पानीमाथिको ओभानो नबनौं ?,' 

यस्तै  नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टचारको गन्ध प्रष्ट देखिएको बताए । 

'विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्‍यापिड टेस्टिङ किट सरकारले किनेपछि भ्रष्टाचारको गन्ध प्रष्ट देखिन्छ, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'सरकारले चीनबाट सात करोड रूपैयाँभन्दा बढी लागतमा ७५ हजार त्यस्ता किट किन्नु पर्ने बाध्यता किन आयो ? प्रधानमन्त्रीको जवाफ माग गर्ने वेला भयो ।'

यता  विवेकशील नेपाली दलका नेता तथा वाग्मती प्रदेशसभा सदस्य रमेश पौडेल बुधबार स्वास्थ्यमन्त्री ढकालविरुद्ध उजुरी लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा  पुगेका थिए । बजारदरभन्दा चार गुणासम्म महँगो मूल्यमा कोरोना भाइरसको संक्रमण तथा रोकथामका लागि चीनबाट मेडिकल सामग्री खरिद गरिएको भन्दै पौडेलले अख्तियारमा उजुरी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप