गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको नियन्त्रणमा
बिहीबार, २० चैत २०७६, १७ : १७
मकवानपुर । जिल्लाको कैलाश गाउँपालिका–८ आँखेटारबाट भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले ३० वर्षीय टोकन भन्ने रुद्र बहादुर मोक्तानलाई भरुवा बन्दुक ३ थान, फलामको बेरिङ् २ थान र लाम्चो फलाम १ थान सहित बिहीबार बिहान पक्राउ गरेको हो ।
सोही ठाउँ बस्ने ३० वर्षीय लाल बहादुर मोक्तानलाई चैत ७ गते गोली प्रहार गरी घाइते बनाई फरार रहेका मोक्तान उनकै गाईगोठमा लुकिछिपी बसेको भन्ने खबर प्राप्त भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो । ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरीले उक्त हतियार सहित उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमाली महासङ्घ राज्यका प्रस्तावक मुख्तियार भीमसेन थापा
-
कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभाव
-
‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट
-
एकीकृत समाजवादीलाई कमजोर ठाने देशमा अर्को उथलपुथल हुन्छ : माधव नेपाल
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड