शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रहेनन् डकवर्थ लुइसका अविस्कारक

बिहीबार, २० चैत २०७६, १७ : ०५
बिहीबार, २० चैत २०७६

एजेन्सी । क्रिकेट खेल वर्षाका कारण रोकिएपछि अपनाइने डकवर्थ लुइस अर्थात् डिएल पद्धतिका आविस्कारक टोनी लुइसको बिहिबार निधन भएको छ । इङ्ल्यान्डका नागरिक लुइसको ७८ बर्षको उमेरमा निधन भएको हो । लुइसले आफ्ना साथी फ्रान्क डकवर्थसँग मिलेर सन् १९९२ मा यस अणितिय पद्धतिको आविस्कार गरेका थिए ।

त्यसैले यसलाई डकवर्थ लुइस पनि भनिएको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् १९९९ को विश्वकपबाट यस पद्धतिलाई अपनाएको थियो । बर्षाले खेल अवरोध भएपछि ओभर घटाएर खेलिने यस पद्धतिको विकास हुनुअघि टोलीको औसत रन रेट हेरिन्थ्यो या वर्षा हुनुअघि जुन टोलीले धेरै रन रेट बनाएको छ, उसैलाई विजेता घोषित गरिन्थ्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप