बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रालयको निर्देशनप्रति भ्रमण बर्ष प्रदेश संयोजकको असन्तुष्टि

बिहीबार, २० चैत २०७६, १६ : ५०
बिहीबार, २० चैत २०७६

जनकपुर । नेपाल सरकारले भ्रमण बर्ष रद्ध गरेको घोषणा गरेसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ९ दिन भित्रमा नेपाल भ्रमण वर्ष २०२० सचिवालयको सम्पूर्ण कामकारवाही सहित सरसामग्री फिर्ता गर्न दिएको निर्देशनको विरोध भएको छ ।

 बर्ष प्रदेश २ संयोजक मनिष झाले भ्रमण बर्ष रद्ध गर्नु सकारात्मक भएपनि कोरोना भाइरस संक्रमणको त्रासको बेला नौ दिनभित्र हरहिसाब, प्रतिबेदन र समापन गर्न सम्भव नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

‘प्रदेशको मन्त्रालयहरुमा पूर्ण रुपमा कार्यविधि र संयन्त्र नबनिसकेको अवस्थामा ९ दिन भित्र त्योपनि लकडाउनको अवस्थामा सबै काम सक्न बैठक बोलाउनु पर्ने हुन्छ । त्यो सम्भव छैन’, उनले भने ,'प्रदेशस्तरीय भ्रमण वर्ष २०२० अभियान समितिको संरक्षक मुख्यमन्त्री, अध्यक्ष मन्त्री र सह–अध्यक्ष प्रमुख सचिव रहेकाले ९ दिन भित्रमा सचिवालयको सबै काम सक्न सम्भव छैन ।'
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप