दाङमा एक हजार सवारी साधन कारवाहीमा
दाङ । दाङमा प्रहरीले ‘लकडाउन’को अवज्ञा गरेको भन्दै एक हजार ५१ वटा सवारीका साधन नियन्त्रणमा लिएको छ । दाङ प्रहरीले चैत ११ गतेदेखि १९ गतेसम्म एक हजार ५१ वटा सवारी साधन नियन्त्रणमा लिएको हो । लकडाउनको नवौँ दिनमा २७ वटा सवारीका साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बुधवार मात्रै मात्रै दाङमा १७ वटा मोटरसाइकल, चार÷चार वटा जीप, कार र अटो यस्तै ट्रक दुई वटा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
नियन्त्रणमा रहेका सवारीका साधन लकडाउन सकिएपछि मात्रै सवारी धनीलाई फिर्ता दिने जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक प्रेम रेग्मीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दाङले उपलब्ध गराएको तथ्याङ्कअनुसार बसम्म ८३४ वटा मोटरसाइकल नियन्त्रणमा रहेका छन् ।
यस्तै ट्रक ५८ वटा, स्कुटर ५६ वटा नियन्त्रणमा छन् भने जीप, कार ४० वटा नियन्त्रणमा छन् । यसैगरी अटो २७, ट्रयाक्टर १८, टिप्पर १२, बस ८ र जेसिबी एक गरी एक हजार ५१ वटा सवारीका साधन नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएको सवारी साधनहरु अहिले जिल्ला ट्राफिक कार्यालयमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा राप्रपा तटस्थ
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन